'हिम्मतवाली' हेरेपछि दंग परे राउटे ।

himmatwali_raute1 [dropcap][/dropcap]श्चिम नेपालमा कष्टकर जीवन बिताउदै आएका राउटे हरुले प्रदर्शनरत फिल्म ‘हिम्मतवाली’ हेरेका छन । दशै तिहार खर्च जोहो गर्न राजधानी आएका बेला निर्देशक तथा नायिका रेखा थापाले उनीहरुलाई फिल्म हेर्ने बातवरण मिलाईदिएकी हुन ।
राजधानीको गोपिकृष्ण हलमा फिल्मका हिरो हिरोइनसँग बसेर फिल्म हेरेपछि राउटेहरु दंग देखिन्थे । फिल्म हेर्न निर्देशक तथा नायिका थापा, नायक सुदर्शन गौतम लगायतको उपस्थिति थियो । फिल्म हेरेपछि राउटेहरु खुशी हुदै रेखालाई धन्यावाद दिए । रेखाले पनि तिहार खर्च स्वरुप केहि रकम राउटेहरुलाई दिएकी थिइन । himmatwali_rauteराउटेहरु बर्षेनि दशै तिहार खर्च लिनका लागी राजधानी आउने गर्दछन । विगतमा उनीहरुलाई प्रधानमन्त्रीले दशैतिहार स्वरुप केहि खर्च उपलब्ध गराउदथे । त्यस्तै नायिका थापाले भने रेखा थापा फाउन्डेसन मार्फत केहि राउटे बालबालिकालाई आश्रय दिदै आएकी छिन ।

Namaste Filmy

Read Previous

टिभी फिल्मीमा ६० सेकेन्डको 'फिल्मी समाचार' ।

Read Next

सन्नी लियोनलाई ५ मिनेटका लागी डेढ करोढ ।