बलिउड अभिनेता जितेन्द्र र निर्देशक रमेश सिप्पी नेपालमा ।

jitendra-and-ramesh-sippiपछिल्लो समय हलिउड बलिउडका स्थापित कलाकारहरु ब्याबासायिक तथा निजी भ्रमणका लागी नेपाल आउने क्रम बाक्लिदै गएको छ । यहि क्रममा बलिउडका दुई चर्चित फिल्मकर्मी आज आइतबार नेपाल भ्रमणमा आएका छन ।
फिल्म बितरण कम्पनी दर्शना आर्टसका अनुसार ब्लकबस्टर फिल्म शोलेका निर्माता निर्देशक रमेश सिप्पी बिहान ११ बजे नेपाल ओर्लेका छन भने अर्का चर्चित अभिनेता जितेन्द्र दिउसो २ बजे नेपाल आइपुग्दैछन । यी दुवै फिल्मकर्मी निजी भ्रमण र घुमघामका लागी नेपाल आएका हुन ।
बालाजी फिल्मसका अधिकांश फिल्महरुको नेपाल बितरण गर्दै आएकाले जितेन्द्रको भ्रमणलाई भने दर्शना आर्टसले बिशेष महत्व दिएका छन । यी दुवै फिलमकर्मीको नेपाल बसाई करिब एक हप्ताको हुने बताइएको छ ।

Namaste Filmy

Read Previous

सन्नी लियोनलाई ५ मिनेटका लागी डेढ करोढ ।

Read Next

सेन्सरको रवैया प्रति 'आगो-२' निर्माताको आपत्ति ।