कालिका एफ.एम.ले दियो लाईफ टाइम एचिभमेन्ट अवार्ड यादव खरेललाई । को को ले पाए कालिका म्युजिक अवार्ड हेर्नुहोश

चितवनको भरतपुरस्थित कालिका एफ.एमले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा १० औं कालिका म्युजिक अवार्ड–२०७१ सम्पन्न गरेको छ ।विभिन्न २६ विधामा स्रष्टाहरुलाई अवार्ड वितरण गरिएको हो ।
???????????????????????????????अवार्ड वितरण समारोहको प्रमुख अतिथि वरिष्ठ समाजसेवी एवं कांग्रेस नेतृ, पूर्व सांसद मैयादेवी श्रेष्ठ रहनु भएको थियो ।कार्यक्रममा कालिका एफ.एमका अध्यक्ष एव प्रवन्ध निर्देशक, सभाषद् विक्रम पाण्डे, वरिष्ठ समाजसेवी मैयादेवी श्रेष्ठ, वरिष्ठ चलचित्रकर्मी एवं गीतकार यादव खरेल, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशी, प्रथम उपाध्यक्ष राजु श्रेष्ठ, संगीतकार अर्जुन पोखरेललगायतले अवार्ड प्रदान गरेका थिए । । सोही अवसरमा कालिका एफ.एम.ले लाईफ टाइम एचिभमेन्ट अवार्ड वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक यादव खरेललाई प्रदान गरीएको छ ।यस्तै स्वर्गीय लोकगायिका मञ्जु महतलाई मरणेपरान्त सम्मान प्रदान गरीएको छ ।चितवन नारायण्ँगढको नारायणी कला मन्दिरमा भएको कार्यक्रममा चचिर्त कलाकारहरु द्धारा विविध सास्कृतिक प्रस्तुति देखाएका थिए ।
kalika
कालिका म्युजिक अवार्ड प्राप्त गर्नेहरुको विवरण यसप्रकारको छ :
–लाईप टाईम अचिभमेण्ट अवार्ड वरिष्ठ चलचित्रकर्मी एवं गीतकार यादव खरेल
–मरणोप्रान्त सम्मान स्वर्गीय गायीका मञ्जु महत
–सर्वोत्कृष्ठ वर्ष गीत, प्रेम परियार ( यी आँखामा तिमी छौं )
–सर्वोत्कृष्ट राष्ट्रिय गीत, वविन्द्र नेम्वाङ ( गौतम बुद्व )
–सर्वोत्कृष्ठ संगीत संयोजन, महाराज थापा ( यी आँखामा तिमी छौ )
–सर्वोत्कृष्ट युगल गायन, युवराज चौलागाई र रजिना रिमाल ( पलभरमै–नोभेम्बर रेन )
–सर्वोत्कृष्ट गजल, आनन्द कार्की ( बेखर बेखर )
–सर्वोत्कृष्ट आधुनिक पुरुष गायन, प्रमोद खरेल ( छुट्टिएर तिमीसंग )
–सर्वोत्कृष्ट आधुनिक महिला गायन, माण्डवी त्रिपाठी ( तिमी त मेरो प्राण हौं )
–सर्वोत्कृष्ट आधुनिक संगीत संयोजन, राजकुमार वगर ( तिमि विना एकछिन )
–सर्वोत्कृष्ट आधुनिक गीत रचना, राजनराज शिवाकोटी ( खली )
–सर्वोत्कृष्ट चलचित्र पुरुष गायन, शिव परियार ( सुन्छु तिमीले मलाई–विन्दास २ )
–सर्वोत्कृष्ट चलचित्र महिला गायन, मिलन अमात्य ( स्लोली स्लोली–काली )
–सर्वोत्कृष्ट चलचित्र संगीत संयोजन, बसन्त सापकोटा ( यी आँखामा तिमी छौं–नाई नभन्नु ल २ )
–सर्वोत्कृष्ट चलचित्र रचना, डा.कृष्ण हरि बराल ( मर्ने कसैलाई रहर हुदैन–नाई नभन्नु ल २ )
–सर्वोत्कृष्ट पप गायन पुरुष, कमल खत्री ( टुक्रेको मुटु )
–सर्वोत्कृष्ट पप गायन महिला, संजना श्रेष्ठ ( सुनौलो विहानीमा )
–सर्वोत्कृष्ट पप संगीत संयोजन, लोकेस गुरुङ ( पूर्णीमाको चन्द्रामा २ )
–सर्वोत्कृष्ट पप रचना, योगेन्द्रमणी दाहाल ( आवाज देउ )
–सर्वोत्कृष्ट पप व्याण्ड, सविन राई एण्ड द इलेक्ट्रीक्स ( दिन र रात )
–सर्वोत्कृष्ठ लोकदोहारी पुरुष गायन, पशुपति शर्मा ( चिन्ता छैन केही )
–सर्वोत्कृष्ट लोकदोहोरी महिला गायन, मञ्जु पौडेल ( धुवा सरि )
–सर्वोत्कृष्ट लोकदोहोरी संगीत, रामजी खाँण ( फुल फुले रै पहेलै भयो )
–सर्वोत्कृष्ट लोकदोहारी शब्द, शिरिष देवकोटा ( ६ महिनामा धोका )
–सर्वोत्कृष्ट स्थानिय लोकदोहोरी गायन, तीर्थ सापकोटा ( भन्न मन लाग्छ )
–सर्वोत्कृष्ट स्थानिय सोलो गायन, भुवन प्यासी ( हल्का हल्का )
–सर्वोत्कृष्ट नव प्रवेशी गायन, सुरज थापा ( बहुला )

Namaste Filmy

Read Previous

बलिउड अभिनेता जितेन्द्र काठमण्डौ आइपुगे ।

Read Next

'रंग बैजनी'को टिजर सार्वजनिक (भिडियो सहित)