गायिका कोमल ओलीले "पोइला जान पाम" गित गाउदा दर्शकको भीड थामि नसक्नु

राजु चौधरी ,चितवन, फाल्गुन ८
फाल्गुन१ गतेदेखि भरतपुरमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७० अन्तरगत प्रदर्शनीको आठौं दिन आज (विहीबार) पनि विविध सा“स्कृतिक कार्यक्रमले गर्दा दर्शकको ओइरो लागेको थियो । चर्चित गायिका कोमल ओली, गायक मिलन लामाको सांगितिक प्रस्तुतीले दर्शक उफ्रिएका थिए । गायिका कोमल ओलीले ‘म त छु कुमारी, झ्वाक तन्नेरी, पोइला जाम पाउ शिवजी, तिमी हामी यसपाली भेटको दिनलगायतका आधा दर्जन गीत प्रस्तुत गरेकी थिईन । पोइला जान पाम लागयतका गीत दर्शककै सामु गई गाएपछि दर्शकको भीड थामि नसक्नु थियो ।
??????????गीतको बीचबीचमा ‘आइ लभ यु’ जस्ता शब्दले दर्शक झनै हौसिएका थिए । प्रदर्शनी स्थलमा छरिएर रहेका दर्शकहरुलाई उनले आफै स्टेल तलपुगी दर्शकलाई एकत्रित गर्न सफल भएकी थिईन् ।यस्तै चर्चित गायक मिलन लामाले ‘घरमा पराल बारीमा बन्सो, दोहोरीलगायतका गीत प्रस्तुत गरेका थिए । उनको गीतमा पनि दर्शक उत्तिकै झुमे ।
??????????चितोने ठिटो मिलनले दर्शकलाई निकै बेर सम्म नचाउन सफल भए । उनले वुधबार पनि आफ्नो प्रस्तुती देखाएका थिए । चर्चित गायक÷गायिकासंगै स्थानिय कलाकारहरुले पनि आफ्नो प्रस्तुती देखाएका थिए । त्यस्तै रत्ननगर कलामन्दिरका कलाकारहरु समेत आफ्नो प्रस्तुती देखाएका थिए ।
??????????प्रदर्शनी अन्तरगत भोली (शुक्रबार) नवौं दिन पनि चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रहने कला तथा सा“स्कृतिक व्यवस्थापन समितिका संयोजक युवराज श्रेष्ठले जानकारी दिनुभयो । शुक्रबार र्चिर्चत गायक मिलन लामा, हरि योञ्जन, रत्ननगर कलामन्दिर र डान्सिङ स्टारको सा“स्कृतिक प्रस्तुती रहने उहा“ले जानकारी दिनुभयो ।
??????????

Namaste Filmy

Read Previous

मोडल शंकर बिसी ले दोस्रो बिहे गरेको खुलासा । निसा सुनुवारले तेस्रो बिहे गरे ।

Read Next

Friday Realease : 'झोले' र 'सम्राट' संगै 'हाइवे' पनि (ट्रेलरसहित) ।