५१ दिन मनाउना सफल चलचित्र 'ठुली'को कलाकारहरुको यस्तो छ प्रतिक्रिया

राजेन्द्र कार्की÷काठमाण्डौं
thuliनेपाली कथानक चलचित्र “ठूली”ले शनिवार २५ गते सफल प्रर्दशनको ५१ दिन मनाएको छ । सुपर निर्देशक एभरेष्ट सुर्य बोहराद्धारा निर्देशित समाजिक कथावस्तुमा आधारित नारी प्रधान चलचित्र ‘ठूली” भाद्र ६ गतेबाट देशका विभिन्न चलचित्र गृहहरुमा प्रर्दशनमा आएको थियो  । प्रर्दशनको ५१ दिन भने राजधानीका गोपीकृष्ण र गुण सिनेमाहलले पार गर्न सकेको छ । सामिप्य राज तिम्लसिनाको पटकथा रहेको यस चलचित्रका संगीतकार वसन्त सापकोटा रहेका छन । कलाकारहरुमा नायक जीवन लुइटेल, सार्क एवार्डबाट सम्मानित नायिका गरिमा पन्त, संचारकर्मी रिजु श्रेष्ठ, विशाल पहाडी, बालकलाकार कञ्चन ठकुरी लगायतका रहेका छन । सुनिल बस्नेत, जानुका देवी भण्डारी प्रयाशी चलचित्रका निर्माता हुन । एभरेष्ट सुर्य बोहराको शब्द रहेको “म त मर्छु की क्या हो ठुली” बोलको गीतले लाखौं स्रोताहरु पाउन सफल रहेको छ भने उहाकै शब्द रहेको “आरोप छ मलाइ” बोलको गीत पनि हजारौं स्रोताहरुको रोजाइमा पर्न सफल रहेको छ । चलचित्रमा राजेश पायल राई, रेजिना रिमाल र अन्जु पन्तको स्वर रहेको छ । अनेकन अप्ठ्याराहरु पार गर्दै ठूलीले ५१ दिन मनाउन सफल भएकोमा कलाकारहरुले खुशी ब्यक्त गरेका छन ।
चलचित्र ‘ठुली “को बारेमा कलाकारहरुको यस्तो छ  प्रतिक्रिया :
नायक जीवन लुइटेल ….
चलचित्र राम्रो रहनु का साथै ५१ दिन मनाउन योग्य भएकाले नै चलचित्र “ठूली”ले यो सफलता पाउन सकेको हो । चलचित्र सफल हुनुमा चलचित्रका निर्देशक, कलाकार, प्राविधिक, दर्शक, संचारकर्मी तथा सम्बन्धित सबैको सकारात्मक भूमिका रहेको ठानेको छु । ठूलीले ५१ दिन मनाउन सफल भएकोमा सम्पुर्ण नेपाली चलचित्र क्षेत्रकै गौरव ठानेको छु ।
सहनायिका रिजु श्रेष्ठ ….
चलचित्रले ५१ दिन मनाउन सफल भएकोमा सम्पुर्ण आदरणीय दर्शकहरुमा धन्यवाद तथा आभार ब्यक्त गर्दछु । म आफुद्धारा अभिनित चलचित्रले यो सफलता प्राप्त गर्न सफल भएकोमा खुशीका साथै गौरवान्वित समेत भएको छु ।
  विशाल पहाडी ….
निर्देशक एभरेष्ट सुर्य बोहराद्धारा निर्देशित चलचित्र ठूलीले ५१ दिन मनाउने संभावना हामीले प्रर्दशन पुर्व नै देखेका थियौं । उहाद्धारा निर्देशित अघिल्ला चलचित्रहरु कान्छा, अग्निपरिक्षाले पनि ५१ दिनको सफलता मनाएको थियो । आउदा दिनहरुमा अझै उत्कृष्ठ चलचित्र निर्देशन सहित निर्देशक बोहरा प्रति शुभकामना ब्यक्त गर्दछु ।
शिला श्रेष्ठ दिदी बालकलाकार कन्चन ठकुरी ….
सुपर कलाकारहरुद्धारा अभिनित, सामाजिक विषयवस्तुमा आधारित, उत्कृष्ठ निर्देशन तथा प्रस्तुतीको साथै बालिका कन्चन ठकुरीको जीवन्त अभिनयका कारण पनि दर्शकहरुले अत्यधिक मन पराएका हुन र ५१ दिन मनाउन सफल भएको हो ।
निर्माता सुनिल बस्नेत …..
हामीले ठूलीमा लगानी गरेर जोखिम बोकेका थियौं त्यसरी नै ५१ दिन मनाउन पनि सफल भएका छौं । सफलतामा साथ दिनु हुने दर्शक, शुभचिन्तक, कलाकार तथा सम्बन्धित सबैमा धन्यवाद तथा आभार ब्यक्त गर्दछु ।
निमात्री जानुृका देवी भण्डारी“प्रयाशी” ….
महिला प्रधान, समाजिक कथावस्तुमा, सत्यतथ्य घटनामा आधारित नारी उत्पिडनका विषयवस्तुहरु भएकै कारणले पनि चलचित्रले ५१ दिन मनाउन सफल भएको छ । दर्शक, कलाकार, संचारकर्मीहरु तथा सम्बन्धित सबै प्रति आभार ब्यक्त गर्दै धन्यवाद भन्न चाहन्छु ।
निर्देशक एभरेष्ट सुर्य बोहरा ….
चलचित्र सफलता प्रति ठूलीको सम्पुर्ण सदस्यहरुको महत्वपुर्ण योगदानको सह्राना गर्दछु । वास्तवमा चलचित्रले ५१ दिन मनाउन योग्य नै थियो र मनायो पनि । यसको लागि दर्शक तथा सम्बन्धित सम्पुर्ण प्रति नै आभार प्रकट गर्दछु । अझै दर्शकहरु माझ उत्कृट चलचित्रहरु प्रस्तुत गर्न सकु ।

Namaste Filmy

Read Previous

रहेनन 'जनकवि केशरी' धर्मराज थापा ।

Read Next

छविले निर्माण गरेको ‘लज्जा’ को दोश्रो ट्रेलर सार्वजनिक (भिडियो सहित )