छविले निर्माण गरेको ‘लज्जा’ को दोश्रो ट्रेलर सार्वजनिक (भिडियो सहित )

नवल नेपाल निर्देशित चलचित्र ‘लज्जा’को दोश्रो ट्रेलर सार्वजनिक भएको छ ।कात्तिक ७ गते देखि बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लज्जा’को यस अघि सार्वजनिक गरिएको चलचित्रको ट्रेलर र चलचित्रको गीत संगीतले अहिले बजारमा राम्रै चर्चा पाउन थालेको छ । चलचित्र “लज्जा”लाई छविराज प्रोडक्सनको ब्यानरमा दिजेन्द्र शाक्यले निर्माण गरेका हुन ।चलचित्रका कार्यकारी निर्माता छविराज ओझा हुन ।
lajjaचलचित्रमा आर्यन सिग्देल, शिल्पा पोखरेल, मिथिला शर्मा, हिउँवला गौतम लगायतको अभिनय रहेको छ । शिल्पा पोखरेल यहि चलचित्र मार्फत चलचित्र नगरीमा डेब्यू गरेकी हुन ।चलचित्रमा चेतन सापकोटाको संगीत,किरण खरेलको शब्द ,कविराज गहतराज नूत्य , मदन कस्यप घिमिरेको छायांकन ,चन्द्र पन्तको फाईट तथा अनन्त थपलियाको सम्पादन रहेको छ ।यसअघि फिल्म लोफर निर्माण गरेको छविराज प्रोडक्सनको चलचित्र “लज्जा” यसबर्षको प्रतिक्षित चलचित्रको लिस्टमा रहेको चलचित्र हो ।
ट्रेलर हेर्नुहोश :

Namaste Filmy

Read Previous

५१ दिन मनाउना सफल चलचित्र 'ठुली'को कलाकारहरुको यस्तो छ प्रतिक्रिया

Read Next

यर्थाथ घटनामा आधारित चलचित्र "रक्तभोग"को शुभमुहुर्त