'अलबिदा' पौष २५ गतेबाट प्रदर्शनमा आउने

लक्ष्मण रिजालको निर्देशन रहेको चलचित्र ‘अलबिदा’ पौष २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । तेस्तै कार्यक्रममा चलचित्रका कलाकार, प्राबिधिक तथा अतिथीले अडियो सिडीको बिमोचन समेत गरेका थिए ।
alvida_naamstefilmyपत्रकार भेटघाट कार्यक्रममा बोल्दै आर्यनले फिल्म छायांकनका लागि निक्कै मिहिनेत गरेको भन्दै फिल्म सफल हुनेमा विश्वस्त रहेको बताए । यता, निर्देशक लक्ष्मण रिजालले अन्य फिल्मको भन्दा आफ्नो फिल्मको कथावस्तु भिन्न रहेकाले चल्नेमा ढुक्क रहेको जनाए । एचआरके फिल्मस्को ब्यानरमाहसन खानले निर्माण रहेको चलचित्र ‘अलबिदा’ मा केशव घिमिरेले समेत लगानी गरेका छन् ।
alvida-namastefilmyचलचित्रमा ४ वटा गीत समावेश गरिएको छ भने ताराप्रकाश लिम्बु, मनिषा पोख्रेल, सन्तोष लामा र बादल प्रसाइले आवाज दिएका छन् ।चलचित्रमा रामेश्वर कार्कीको छायांकन, लक्ष्मण रिजाल र विशाल सापकोटाको पटकथा, ताराप्रकाश लिम्बुको संगीत रहेको छ । चलचित्रमा आर्यन सिग्देल ,अलवा हसन खान र अनिता आचार्यको मुख्य भूमिकामा देखा पर्दै छन् भने पल्लवी भट्ट चलचित्रमा आइटम नृत्य देखिदै छिन् ।

Namaste Filmy

Read Previous

'हमजाएगा'को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो सहित )

Read Next

आफ्नै बाबुसँग सेक्स गर्थिन यी नायिका ।