'ईन्फा अवार्ड' मा 'झोले' सहभागी नहुने ।

[dropcap][/dropcap]हि कत्तिक ९ गते हङकङ हुने इन्फा अवार्डमा नेपाली कथानक चलचित्र ‘झोले’ सहभागी नहुने भएको छ । सर्वोत्कृष्ट अभिनेत्री सहित विभिन्न चार बिधाको नोमिनेशनमा परेको फिल्मले बिहिबार बिज्ञप्ति जारी गर्दै नोमिनेशनमा पारिएकोप्रति आपत्ति जनाएको हो । jholay-in1निर्देशक दिपेन्द्र के खनाल र निर्माता टेकेन दहालद्धरा हस्ताक्षरित बिज्ञप्तिमा नोमिनेशनमा परेको बारेमा आफुहरुलाई थाहा नै नभएको उल्लेख छ । अवार्ड आयोजकले अनुमति बिना नै झोले लाई अवार्डमा सहभागी गराइनु खेदजन्य रहेको बताउदै यसप्रति गम्भीर आपत्ति ब्यक्त गरेका छन ।
उनीहरुले अवार्डबाट फिल्मलाई तत्काल नहटाइए आयोजक बिरुद्ध कानुनी उपचार खोज्न बाध्य हुने जनाएका छन । आयोजकको यस्तो प्रचारप्रति भ्रममा नपनै सबैलाई फिल्म युनिटले आग्रह समेत गरेका छन ।
बुधबार सार्वजनिक गरिएको इन्फा अवार्ड २०७० को नोमिनेशनमा झोले सर्वोत्कृष्ट अभिनेत्री, सर्वोत्कृष्ट गीतकार, सर्वोत्कृष्ट पाश्र्वगायक र सर्वोत्कृष्ट नृत्य निर्देशकको विधामा नोमिनेशमा परेको थियो । अवार्ड यहि कात्र्तिक ९ गते हङकङमा आयोजना हुदैछ ।

बिज्ञप्ति :

jholay-in

Namaste Filmy

Read Previous

२०० महिलाहरुको सामु रणवीरले पाइन्ट खोलेपछि ।

Read Next

राजनीतिक प्रतिशोधका कारण ‘आगो २’ को सेन्सर नगरेको आरोप । वितरक भन्छन सुरेशदर्पण पोख्रेलको कारण सेन्सर रोकियो