बहिनीको विलौंना सुनेपछि विदेशिएको दाईले भन्दैछन्– ‘नआएनी हुन्थ्यो तिहार धर्धरी मन रुवाउन’ (भिडियोे सहित )

सन्दिप भट्ट,चितवन, असोज ३०

“टिकट काटी राख्नु दाजै“ भनेर बहिनीले अनुरोध गरे पनि दाजु ले बाध्यतावश भन्दैछन “न आएनी हुन्थ्यो तिहार“ भनेर सिर्जना गरेको यो गित यतिवेला निकै चर्चामा छ । दैनिक १५ सय भन्दा बढि नेपाली युवाहरु श्रमका लागि विदेशिरहेको अवस्थामा परदेशीएको दाजुको पिडा र नजिकिएर तयार पारीएको गित निकै चर्चित छ ।
tihar-namastefilmy1स्वदेशमा रोजगारी नमिलेपछि लाखौं नेपाली विभिन्न देशमा श्रम गरिरहेका छन् । बाध्यताले विदेशिएका ती युवाहरुलाई विदेशी भुमिमा रहदा आफ्नो जन्मभुमि, परिवार अनि देशको मायाले सताउनु स्वभाविक नै हो । दाजु–बहिनीको सदभावको पर्वका रुपमा लिइने तिहारमा जो कोहि दाजुहरुलाई आफ्नो बहिनीसगै रहन मन हुन्छ । बहिनीहरुलाई दाजुलाई निधारमा टिका लगाउदै आपसी माया“ र सदभाव साटासाट गर्ने र रमाइलो गर्ने मन हुन्छ । हात समातेर देउसी भैलो खेल्ने मन हुन्छ । तर चाहेर पनि दाजुभाईले दिदिबहिनी अनि दिदिबहिनीले दाजुभाईलाई भेट्न नपाउ“दा लाग्छ, ‘नआएनी हुन्थ्यो तिहार धर्धरी मन रुहाउ“न । चितवनका कवि भूपिनको गीत र सहन प्रधानको संगीत रहेको तिहारको गीतमा प्रकास तिमिल्सीनाले दिएका छन् । विभोर पोखरेलको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियो काठमाडौं तथा चोभारमा दृष्यांकन गरिएको छ ।

हेर्नुहोश भिडियो :

 यो पनि पढ्नुहोस :

बहिनिले रुदै भनिन्– “परदेश गई मेरो लागी दाईजो कमाउनु पर्दैन दार्ई” (हेनुस् भिडियो)

Namaste Filmy

Read Previous

अभिनेता सञ्जय दत्तको जीवनीमा फिल्म बन्ने ।

Read Next

यस्तो छ 'सिजी कामना फिल्म अवार्डस् २०७१'को उत्कृष्ट ५ मनोनयन सूचि