नेफ्टा अवार्डको अन्तिम तयारीको लागि आयोजक हङकङ उडे

कार्तिक ३ गते हङकङमा हुने सातौँ संस्करणको नेफ्टा अवार्ड समारोहको अन्तिम तयारीका लागि आयोजकहरु बिहिबार बेलुका कार्यक्रम स्थल हङकङ उडेका छन्। अवार्डलाई सफल पार्न ११ जनाको टोली ४ दिन अगाडी हङकङ उडेका हुन् । चलचित्र प्राबिधिक संघका अध्यक्ष तथा नेफ्टाका अध्यक्ष मनोज केसी, अवार्डको नेपाल आयोजक कम्पनी एस.के. थापा प्रोडक्सनका अध्यक्ष सुनिल कुमार थापा, अभिनेत्री झरना थापा, अवार्ड संयोजक बाबुराम दाहाल, अवार्डको कृयाटिभ कार्य गर्दै आएका निर्देशक सुरेश दर्पण पोखरेल सहित नेफ्टाका केहि पदाधिकारी, सगरमाथा टेलिभिजनको टिम बिहीबार राती हङकङ उडेको हो ।
hankang-naamstefilmyकरिब साँढे दुई करोडको बजेटमा गर्न लागिएको यस बर्षको नेफ्टा अवार्ड समारोहमा गत बर्ष मलेसियामा उपस्थित भएका भन्दा बढी फिल्मकर्मी र सञ्चारकर्मीको उपस्थिती हुँदैछ ।हङकङ आयोजक बनेर ग्रेट पर्फेक्ट लिमिटेडले नेफ्टा अवार्डको हङकङ संयोजनको जिम्मा लिएको हो । पपुलर सहित ३४ बिधामा नेफ्टा अवार्ड बाँडिदै छ ।अब सो अवार्ड समारोहमा भाग लिन बाकी शनिवार र आईतवार हङकङ प्रस्थान गर्दै छन् ।अवार्ड समारोहमा करिश्मा मानन्धरलाई सदाबहार हिरोइन र संगीतकार शम्भूजीत बाँसकोटालाई संगीत शिरोमणी उपाधीद्धारा सम्मान गरिंदै छ भने दीलिप रायमाझी, जीवन लुइँटेल, झरना थापा, केकी अधिकारी, नीता ढुंगाना, पूजा शर्मा, नन्दिता केसी, गौरव पहारी, सुदर्शन थापालगायतले प्रस्तुती दिनेछन् । अभिनेता राजेश हमालले स्वर्गिय श्रीकृष्ण श्रेष्ठमाथि रचिएको कविता बाचन गर्ने छन् ।

Namaste Filmy

Read Previous

यस्तो छ 'सिजी कामना फिल्म अवार्डस् २०७१'को उत्कृष्ट ५ मनोनयन सूचि

Read Next

'थुप्रै पुरुषहरुले मलाई यूज गरे'- लेडी गागा ।