२ सय चलचित्रको द्धन्द्धका दृष्यबाट छानिए राजकुमार

राजेन्द्र कार्की÷काठमाण्डौं
नेपाली चलचित्र क्षेत्रमा छिटो नै चर्चामा आउन सकेका द्धन्द्ध निर्देशक राज कुमार उप्रेती २ सय नेपाली चलचित्रको द्धन्द्धका दृष्यहरु हेरेर चलचित्र “बागमती’मा निर्देशनका लागि छानिएका छन । नेपाली चलचित्र “बागमती’का नायकद्धय शिव श्रेष्ठ र महानायक राजेश हमालको द्धन्द्धको दृष्यलाई प्रभावीलो बनाउने उद्देश्य सहित सो चलचित्रका निर्देशक दक्षिण भारतका सन्नीले २ सय वटा नेपाली चलचित्रहरु हेरेका थिए । २ सय चलचित्रका द्धन्द्धहरु हेरेर निर्देशक सन्नीले राज कुमार उप्रतीलाई छानेका हुन ।
rajkumat-namastefilmy
सितोरियो कराँतेका प्रशिक्षक समेत रहि सकेका निर्देशक उप्रेतीले नेपाली चलचित्र हसिँयामा बेजोड निर्देशनका कारण निकै नै चर्चा बटुल्न सफल रहेका उप्रेतीको रिलिजको क्रममा रहेको चलचित्र कार्तिक, मिसन पैसा रिलोडेडमा समेतमा निर्दैशन गरिसक्नु भएको छ । पवित्र नदी बागमतीको सरसफाई सम्बन्धि विषयवस्तुलाई समेत समेटिएको चलचित्रका अन्य कलाकारहरुमा केकी अधिकारी, बालकलाकार कन्चन ठकुरी लगायतका रहेका छन । अनिष नापित निर्माता रहेको यस चलचित्रमा निर्देशन लगायत अन्य प्राविधिकहरु समेत दक्षिण भारतबाट छिकाइएको छ । चलचित्रको छायाँकन कार्य काठमाण्डौंका विभिन्न स्थानहरुमा भइरहेको छ।

Namaste Filmy

Read Previous

“सरी ल”को पत्रकार भेटघाट सगै दिपावलीको शुभकामना आदान प्रदान

Read Next

फेब्रुअरीमा विवाह गर्दै रणवीर र कैटरिना ?