फेब्रुअरीमा विवाह गर्दै रणवीर र कैटरिना ?

ranbir_katrina_bollywood [dropcap][/dropcap]लिउड स्टार रणवीर कपुर र कैटरिना कैफको प्रेम अब सबैमाझ सामन्य भइसकेको छ । तर अब यी दुई विवाह बन्धनमा बाधिने खबरले बलिउड तताएको छ । लिभ इन टुगेदरको रिलेशनमा रहेको यो जोडीले अन्तत विवाह गर्ने फैसला गरेको एक अंग्रेजी वेभसाइटले उल्लेख गरेको छ ।
वेभसाइटका अनुसार अर्को बर्ष अर्थात २०१५ को फेब्रुअरीमा यो जोडी एक हुन सक्नेछन । कपुर खानदानमा पनि कैट र रणवीरको विवाहको बारेमा कुराकानी भैसकेको बताइन्छ । परिवारले अन्तिम निर्णय दिनेबितिकै यी दुई विवाह बन्धनमा बाधिन सक्ने बताइएको छ ।
गत बर्ष पनि रणवीर र कैटले इन्गेजमेन्ट गर्ने हल्ला चलेको थियो । तर इन्गेज्मेन्ट गरिएको थिएन । त्यसो त कैटले पनि रणवीर आफ्नो जीवनको महत्वपुर्ण अंग रहेको बताइसकेकी छिन ।

Namaste Filmy

Read Previous

२ सय चलचित्रको द्धन्द्धका दृष्यबाट छानिए राजकुमार

Read Next

सबैले हेर्न पाउने नीर शाहको 'सेतो बाघ' ।