सुनिल थापा अर्को हिन्दी फिल्ममा अनुबन्धित ।

sunil thapa1 [dropcap]हि[/dropcap]न्दी फिल्म ‘मेरी कोम’मा अभिनय गरे पश्चात सर्वत्र रुचाइएका चर्चित नेपाली अभिनेता सुनिल थापा पुन नयाँ हिन्दी फिल्ममा अनुबन्धित भएको समाचार आएको छ । हिन्दुस्तान टाइम्सले प्रकाशित गरेको समाचार अनुसार सुनिल एक बिग ब्यानरको नयाँ हिन्दी फिल्ममा अनुबन्धित भएका हुन ।
पत्रिकामा प्रकाशित समाचारमा थापा अनुबन्धित फिल्म कुन ब्यानरको र कहिलेबाट निर्माण हुदैछ खुलाइएको छैन । तर पत्रिकासँग सक्षिप्त गर्दै आफु नयाँ फिल्ममा अनुबन्धित भएको थापाले पुष्टि गरेका छन ।
पत्रिकाले थापाको चाहना नेपाली टोपी लगाएर ओस्कार चुम्ने रहेको समेत उल्लेख गरेका छन ।
यसअघि थापाले नायिका प्रियंका चोपडाको गुरुको भुमिकामा ‘मेरी कोम’मा अभिनय गरेका थिए । मेरी कोममा अभिनय लगतै उनी बिग ब्यानर यशराज फिल्मसको ब्यानरमा आउन सक्ने हल्ला पनि सुनिएको थियो ।

Namaste Filmy

Read Previous

संगीतकार चेतन सापकोटा फिल्म निर्माणमा ।

Read Next

“आर्यन दादा संग स्क्रिन सेयर गर्न पाउंदा निकै खुशी छु ” : नायीका कार्की