“आर्यन दादा संग स्क्रिन सेयर गर्न पाउंदा निकै खुशी छु ” : नायीका कार्की

शुुसन घिमिरे , पोखरा
surbi1चलचित्र झेली मार्फत नेपाली रजतपटमा डेब्यु गरेकी नायीका सुरबिना कार्की झेली को प्रोमो रिलजि पछि उक्त प्रोमोमा समाबेश दृश्य र सम्बाद का कारण चर्चा रहिन् । उनको चर्चा झेलीको रिलिज र असफलता पश्चात सेलाउदै गएको थियो । उनले झेली पश्चात नाईके र फन्डा गरि दुई चलचित्रमा अभिनय गरि सकेकी छन् ।
यति बेला पुन उनको चर्चा हुन थालेको छ । कारण उनले अभिनय गरेको बहुप्रतिक्षित चलचित्र नाईके आगामी मंसिर १९ गते बाट रिलिज हुदैछ । जहां उनलाई नायक आर्यन सिग्देल संग अनस्क्रिन रोमान्स गरेको देख्न सकिने छ । उसो त प्राय जसो रोमान्टीक भुमिका मा देखीने नायक आर्यन पनि यो चलचित्र मा एक्सन नायक को भूमिकामा रहेकोले पनि नाईके को चर्चा बढेको हो ।पहिलो चलचित्रबाट खासै सफलता नपाएपनि नाईके बाट आफूले ठूलो आशा राखेको बताउदै उनि भन्छीन् : “आर्यन दादा संग स्क्रिन सेयर गर्न पाउंदा निकै खुशी छु , आशा छ हाम्रो अनस्क्रिन जोडीलाई दर्शकहरुले मन पराईदिनुहुने छ ।
surbi” नाईके मा आफ्नो भुमिका बारे खुलाउदै उनले भनिन् :“ झेलीमा दर्शकहरुले मलाई बोल्ड भुमिका देख्नुभएको थियो तर नाईके मा बिल्कुलै फरक भुमिकामा एउटा सोझी र मध्यम बर्गीय युबती को भूमिका मा निभएकी छु । मेरो यो फरक भुमिका लाई पनि दर्शक हरुले मनपरादिनुहुने मा बिश्वस्त छु । ”डेब्यु चलचित्रबाट खासै सफलता नपाएता पनि रिलिज हुन लागेको चलचित्र नाईके बाट राम्रो प्रतिक्रिया संगैे नेपाली रजतपटमा छुट्टै स्थान बनाउन आफु सफल हुने उनको बिश्बास रहेको छ ।
naike -namastefilmyव्ल्याक स्याडो प्रोडक्शन को व्यानरमा निर्माण भएकोे चलचित्र नाईके लाई नेत्र गुरुङ् ले निर्देशन गरेका हुन् । चलचित्रमा आर्यन र सुरबिना का अलवा रेम बिक , बोधराज रेग्मी ,सारिका केसी लगाएतको मुख्य भुमिका रहेको छ । चलचित्र लाई करिब ५० लाखको लगानीमा जगदिश खनाल , आनन्द क्षेत्री ,नारायण खनाल , संगिता पराजुली र रेशा गुरुङ ले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता बिष्णु हमाल हुन् ।

Namaste Filmy

Read Previous

सुनिल थापा अर्को हिन्दी फिल्ममा अनुबन्धित ।

Read Next

बलिउड नायिका दिया मिर्जाले गरिन् विवाह ।