“लज्जा” खारिएका र रंगकलाकारहरुको संयोजनमा निमार्ण भएको चलचित्र हो ः निर्देशक नेपाल

राजेन्द्र काकीं,हेटौंडा फाल्गुन ८, बुधबार
लज्जा छवीराज ओझाको गुण सिनेमा प्रालिको ब्यानरमा दिजेन्द्र शाक्यको लगानी रहेको पछिल्लो चलचित्र हो । यस चलचित्रको निर्देशन सफल निर्देशक नवल नेपालले गर्नु भएको छ । कलाकारहरु आर्यन सिग्देल, शिल्पा पोखरेल, मिथिला शर्मा, हिउँवाला गौतम, कमलमणी नेपाल, कृष्ण गीरी, निराजन लुईटेल, सरोज बख्रेल, सागर लम्साल, अन्सँु महर्जन लगायतका रहेका छन् । निर्देशक नेपालद्धारा निर्देशित चलचित्र श्रीमानले ५१ दिन मनाउन सफल रहेको थियो । अर्को चलचित्र महसुसको निर्देशनबाट समेत उहाँको तारिफ गरिएको थियो । शिष्ट र सरल स्वभावका उनै निर्देशक नेपाल सँग पछिल्लो चलचित्र लज्जाको बारेमा गरिएको कुराकानीको छोटो अंश प्रस्तुत गरिएको छ ः
1960420_444263942370316_1171349671_n
प्रश्न ःतपाईद्धारा निर्देशित पछिल्लो चलचित्र लज्जाको स्थिती के छ ?
उत्तर ः छवीराज ओझाद्धरा लगानी गरिएको चलचित्र लज्जाको सम्पादनको कार्य समाप्त गरेर डबिङ्गको कार्य प्रारम्भ भइरहेको छ ।
प्रश्न ः कहिले सम्ममा प्रर्दशनमा ल्याउने तयारीमा हुनुहुन्छ ?
उत्तर ः हामीले श्रावण महिना भित्रैमा प्रर्दशनमा ल्याउने तयारीमा जुटिरहेका छौं ।
प्रश्न ः यस चलचित्रको बारेमा त्यति हल्लाखल्ला त सुनिन्दैन नी ?
उत्तर ः त्यो त यस्तो हो नी, हामी त्यसको प्रोसेसमा आइपुगिसकेका छैनौं । डबिङ्गको कार्य समाप्त भइसके पछि प्रोमोको निमार्ण तर्फ लाग्ने छौं साथसाथै अन्य प्रचारसामाग्रीहरु पनि तयार भईसकेका हुन्छन । त्यस पछि त प्रचारप्रसारको प्रक्रियामा आउने भइहाल्यो नी ।
1922639_444263875703656_1486641543_nप्रश्न ः तपाईले श्रीमान, महसुस जस्ता सफल चलचित्रहरुको निर्देशन गरिसक्नु भइसकेको ब्यक्तित्व सधै ओझेलमा देखिनु हुन्छ । खास कारण चाही के होला ?
उत्तर ः हाहा………। तपाईले वास्तविक कुरा गर्नु भयो । म भन्दा पनि दिक्कज नेपाली चलचित्रका निर्देशकहरु समेत ओझेलमा नै रहिआइरहेका छन् । यसको खास कारण त मैले पनि बुझ्न सकिरहेको छैन । मेरो सन्र्दभमा मात्र भन्ने हो भने, यसको प्रमुख कारण त म सस्तो प्रचारबाजीमा त्यति विश्वास गर्दिन र मेरो चाहना पनि त्यो कहिल्यै रहेन । म काममा विश्वास गर्छु, तनमनले काममा लाग्छु ।
प्रश्न ः त्यसो भए तपाई चलचित्र निर्देशनको आजसम्मको दौरानमा खुशीको अनुभूति चाही कहाँ कहाँबाट गरिरहनु भएको छ त ?
उत्तर ः इमान्दार र मेहनतले काम गरे पछि म आफुसँग भित्रभित्रै खुशी हुने गरेको छु । खास गरी मद्धारा निर्देशित चलचित्रका नायक, नायिका र अन्य कलाकारहरुको जब प्रशंसा र उहाँहरु प्रतिको कदर हुन्छ त्यहाँ निर नै मलाई खुशी, सन्तुष्टि र आनन्दको अनुभुति गर्ने बानि परिसकेको छ ।
प्रश्न ः प्रर्दशन पछि लज्जाले कस्तो बजार लिन सक्ला भन्ने अनुमान गर्नु भएको छ ?
उत्तर ः हाम्रो दायित्व भनेको तनमनले काम गर्ने हो । मैले यस चलचित्रको लागि पनि राम्रो गरेको छु भन्ने लागेको छ । चलचित्र सबै दृष्टिकोणबाट उत्कृष्ठ बनाउने प्रयासमा कुनै कसर बाँकी राखेका छौं भन्ने लागेको छैन । रुचाउने–नरुचाउने त दर्शकको चाहना र चलचित्र प्रतिको रुचि हो । तर चलचित्र लज्जाको सन्र्दभमा नै भन्ने हो भने यसमा खारिएका र खासगरी रंगमञ्चका कलाकारहरुको संयोजन रहेको कारणले पनि यो चलचित्र नेपाली दर्शकहरुले अत्यधिक रुचाउने हुनेछ भन्ने हामी सबैले आशा गरेका छौं ।
1622055_578286302264271_215022638_n

Namaste Filmy

Read Previous

Friday Realease : 'झोले' र 'सम्राट' संगै 'हाइवे' पनि (ट्रेलरसहित) ।

Read Next

दर्शकको आग्रहमा हरि योञ्जनले ‘हे शिमरन‘ तीन पटक सम्म गाए