कसको रुपले 'मख्खै' भए गायक सुविन्द्र ? भिडियो ।

[dropcap]सँ[/dropcap]गीतमै केहि गर्छु भनेर लागीपरेका सुविन्द्र केसी ले आफ्नो पहिलो साँगितिक कोसेली ‘मख्खै’ बजारमा ल्याएका छन । भरत धमलाको शब्द र सजन बगालको सँगीतमा उनले ‘मख्खै’ गाएका हुन । गीतले सुन्दर युवतीको रुपले मख्ख भएका युवाहरुको पागलपनलाई प्रस्तुत गर्न खोजिएको छ । subindra_kc_Makhkhaiसुविन्द्रले मख्खैको भिडियोसमेत तयार पारेका छन । बादल प्रसाईको निर्देशनमा बनेको भिडियोलाई दर्शकहरुले रुचाएका छन ।
बजारमा ल्याएको केहि दिनमै राम्रो प्रतिक्रिया पाउन सफल भएकोमा सुबिन्द निकै खुशी छन । उनी भन्छन- ‘यो मेरो जीवनको पहिलो साँगितिक कोसेली हो, जसले सँगीत क्षेत्रमा मलाई चिनाइरहेको छ, एकदमै खुशी छु ।’
सँगीतलाई जीवन र धर्म मान्ने उनी यो क्षेत्रमा अझै धेरै गर्न बाँकी रहेको बताउछन । अहिले पनि सँगीत सिक्ने क्रममै रहेको बताउदै उनले भविष्यमा सँगीतमै लागेर नुवाकोटलाई सँगीत र गायनमा चिनाउने योजना रहेको बताए ।

हेर्नुहोस सुबिन्द्र केसीको मख्खै :

Namaste Filmy

Read Previous

गीत संगीत ,कथा र प्रस्तुतिले ‘लज्जा’ चल्नेमा निर्देशक दुक्क

Read Next

‘सिमरन’ गायक योञ्जन 'हेल्लो मञ्जरी' भन्दै आउदै