‘सिमरन’ गायक योञ्जन 'हेल्लो मञ्जरी' भन्दै आउदै

सन्दिप भट्ट
hari yonjanपछिल्लो समय ‘सिमरन’ गितवाट चर्चामा आएका गायक हरी योञ्जन यतिवेला निकै व्यस्त छन् । उनि निकै सम्भावना बोकेको गायकको रुपमा चिनिन्छन् । व्यत्ति एक तर व्यत्तित्व अनेक भनेझै यि गायक शब्द, संगित, स्वर आफै दिन्छन् । कास्किको छेलाङमा जन्मीएका गायक योञ्जनले हालसम्म ३ दर्जन् बढी गित रेकड गरीसकेका छन् । प्रस्तुत छ यि गायकसंग गरीएको कुराकानी ।
–पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?
सुरुमा त यहांलाई धन्यवाद, मेरो सिमरन गित यहांहरुले मन पराईदिनुभयो त्यसैको फलस्वरुप म अहिले नयां गित रेकडिङमा व्यस्त छु ।
–कस्तो गित गर्दै हुनुहुन्छ ?
जसरी केहि महिनाअगाडी मात्र बजारमा आएको सिमरनलाई बिशेष गरी यूवापुस्ताले बढी रुचाईदिनुभयो, त्यसैको फलस्वरुप युवालक्षित गरी नयां हेल्लो मञ्जरी गित रेकहिङ भयो । अव केही समयमा नै बजारमा आउदैछ । आशा छ यो गितलाई पनि यहांहरुले सिमरनलाई जस्तै माया गर्नुहुनेछ अनि मन पराईदिनुहुनेछ भन्ने ।
–किन युवाहरुलाई मात्र लक्षित गित गर्न लाग्नुभएको ?
किनभने युवाहरु चलायमान हुन्छन्, बृद्ध बृद्धाहरु तथा बच्चाहरुलाई गित मन परेपनि त्यत्ति सक्रिय हुदैनन् । सुन्छन्, बस्छन् राम्रै छ भनेर बस्छन् तर टिनेजहरु भने गितमा रमाउछन्, गितमा नाच्छन् अनि गित सहजै अरु समक्ष सहजै पुग्छ । त्यसैले पनि टिनेजरहरु लक्षित गित गर्न लागेको हो ।
–यो गितमा पनि हेल्लो भन्ने  दो¥याउन लाग्नुभएछ नि ?
यो भन्दा सुन्ने दर्शक तथा स्रोताले झट्ट सुन्दा मैलाई भनेको जस्तो भान पर्छ त्यसैले यहि शब्दलाई दोहो¥याएर यो गित बनाएको हुं ।
–गित कस्तो बनेको छ, दर्शक स्रोता सम्म कहिले आईपुग्छ ?
मैले अघि पनि भनिसकें, यो गित मैले टिनेजहरुलाई लक्षित गरी वनाएको हुं । गितलाई दशैं अगाडी रेकड गरेको हो । यसमा पनि शब्द, संगीत, र स्वर मेरै छ ।सम्भवत दर्शक स्रोताले तिहार लगत्तै हेर्न र सुन्न सक्नुहुनेछ । यहांलाई भन्नुपर्दा
….हेल्लो मञ्जरी, विन्दास छे मोरी
गेरी मा गोरी, ट्याटु छ जिउभोरी
लैजान्छु चोरी, दिलको झ्याल फोरी
I am Sorry, you don‘t worry
….हेल्लो मञ्जरी, विन्दास छे मोरी…..
–संगितलाई कसरी बुझ्नुभएको छ ?
संगीत भनेको भरपर्दो साथी हो । संगीतले कहिल्यै पनि कहिल्यै थोका दिदैन्, बरु जति संगत ग¥यो उत्तिनै सुःख शान्ति र आनन्द दिन्छ ।
–गित संगीतमा लागेरै जिवनयापन गर्न कत्तिको सहज छ ?
संगीतलाई नै कर्म वनाउने हो भने सजिलो हुन्छ तर संगीत संगै अरु व्यावसाय गर्छु भन्ने हो भने अल्लि गाह्रै पर्छ ।
–स्टेज कार्यक्रमले मात्रै कलाकारीता धानेको छ भन्दा फरक पर्छ कि पर्दैन ?
हो, सहि कुरा । यहांले प्रश्नको जरो समात्नु भयो । बास्तबमै अहिलेको परिवेशममा स्टेज कार्यक्रम नहुदो हो त कलाकारीता अगाडी बढ्न सक्थेन । र कलाकारहरु पनि बाहिर पलायन भईसकेका हुन्थे । सायद यस्तै असहज परिस्थिते गर्दा होला कलाकारहरु बाहिर देश पलाएन भएको ।
–यहांको सांगेतिक जिवनमा यो सवाल लागु हुन्छ कि हुदैन ?
हेनुस्, म पैसा जिवनको लागी हो, जिवनको लागी पैसा होईन भनेर स्वदेश फर्किएको मान्छे । त्यसकारण अव म कार्यक्रमको सिलसिलामा त छदैछ नत्र विदेशमै पलाएन भएर बस्दीन ।
–अन्त्यमा केही भन्नु छ ?
सुरुमा यहांलाई धन्यवाद, मैले तिहार लगत्तै हजुरहरुको निम्ति हेल्लो मञ्जरी ल्याउदै छु यसलाई पनि सिमरन लाई जस्तै माया गर्दिनुस् । ताकी आगामी दिनमा यसभन्दा पनि नयां नयां सृजना हजुरहरुलाई दिन सकु । र तपाईहरु लगाएत सम्पुर्ण नेपालीहरुमा तिहार तथा ह्लोछारको शुभकामना ।
हेर्नुहोश गीत ‘सिमरन’:

Namaste Filmy

Read Previous

कसको रुपले 'मख्खै' भए गायक सुविन्द्र ? भिडियो ।

Read Next

सन्नी लियोनमाथी युवकको आक्रमण ?