सन्नी लियोनमाथी युवकको आक्रमण ?

sunny-hot [dropcap]हा[/dropcap]लै पुर्व पोर्नस्टार रहेकी बलिउड नायिका सन्नी लियोनमाथी एक युवकले आक्रमण गरेको छ । तर यो आक्रमण युवकको भुलबश भएको गल्ती हो ।
वास्तवमा एमटिभीको रियालिटि शो ‘स्पिट्सविला’ को सुटिङको क्रममा यस्तो दुर्घटना भएको हो । ‘स्पिट्सवाला’को एक प्रतियोगी श्रवण रेड्डीले अर्का प्रतिस्पधीतर्फ प्रहार गरेको बक्स ले झुक्किएर सन्नीलाई लाग्न पुग्यो । सन्नी लियोन उक्त कार्यक्रमको होस्ट गरिरहेकी थिइन ।
बक्सले लागेपछि सन्नी रिसले यति आगो भइन कि उनले श्रवणलाई मुखभरिको गाली दिइन । श्रवणले गल्ती भएको भन्दै माफी माग्दासमेत उनको रिस शान्त भएन र उनलाई कार्यक्रम युनिटको सबैले सम्झाउनुपर्यो । बल्ल तल्ल सन्नीको रिस शान्त भएपछि पुन कार्यक्रमको सुटिङ गरिएको थियो ।
रोचक कुरा त के छ भने सुरुमा सन्नी स्वयमले कहिल्यै रिसाउनुहुदैन भन्दै अर्ती दिएकी थिइन ।

Namaste Filmy

Read Previous

‘सिमरन’ गायक योञ्जन 'हेल्लो मञ्जरी' भन्दै आउदै

Read Next

हेर्नुहोस 'एउटा साथी'को हल ट्रेलर । भिडियो ।