दर्शकको आग्रहमा हरि योञ्जनले ‘हे शिमरन‘ तीन पटक सम्म गाए

राजु चौधरी ,चितवन, फाल्गुन ९, शुक्रवार
भरतपुरमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७० अन्तिम चरणमा आईपुग्न लाग्दा दर्शकको संख्या व्यापाक हुदै गई रहेको छ । आज (शुक्रबार) पनि प्रदर्शनीमा दर्शकहरुको उत्साहजनक उपस्थिति रह्यो । प्रदर्शनीमा सा“स्कृतिक कार्यक्रमले पनि व्यापक दर्शक ओइरिने गरेका छन् ।आज पनि चर्चित गायकहरुको प्रस्तुतीले दर्शक झुमिएका थिए । गायक मिलन लामा र हरि योञ्जनले सास्कृतिक प्रस्तुती तताएका थिए । गायक हरि योञ्जनले ‘हे शिमरन‘ लगायतका चर्चित गीत प्रस्तुत गर्दा दर्शकहरु झुमिएका थिए ।
??????????उनले सोही गीत मात्र दर्शकको आग्रहमा तीन पटक सम्म गाएका थिए । बजारमा सर्वाधिक चर्चित बनेको सो गीत दर्शकको आग्रहलाई स्वीकार्दै ह्याट्रिक गरे । उनले पुराना चर्चित गीतहरु पनि प्रस्ततु गरेका थिए । त्यस्तै गायक मिलन लामाले पनि आज उपस्थित दर्शकलाई उफारे । उनले गाएका आधा दर्जन भन्दा बढि चर्चित गीतहरु प्रदर्शनीमा प्रस्तुत गरे ।
??????????प्रदर्शनी अन्तरगत दशौं दिन भोली पनि विविध सास्कृतिक कार्यक्रम हुदैछ । भोली (शनिबार) चर्चित हास्य टेलिऋंखला मेरी बास्सै धुर्मुसलगायतका टिम, मिलन लामा, महिमा विश्वकर्मा, चितवन आईडल केदार बडुवाल क्षेत्री, फस्ट रनरअप सुरेश लामा, सेकेण्ड रनरअप नवराज श्रेष्ठको सांगितिक प्रस्तुती रहने छ भने, बेनिशा हमाल, प्रकृति पाठक, सविमा पौडेलको नृत्य रहने कला तथा सा“स्कृतिक व्यवस्थापन समितिका संयोजक युवराज श्रेष्ठले जानकारी दिनुभयो ।

Namaste Filmy

Read Previous

“लज्जा” खारिएका र रंगकलाकारहरुको संयोजनमा निमार्ण भएको चलचित्र हो ः निर्देशक नेपाल

Read Next

अन्तत चलचित्र ‘भीमदत्त’को १२ वटा शब्द तथा दृश्य काटेर सेन्सर पास