पोखरामा 'नाईके" को प्रेसमिट ।निर्माता भन्छन्:-" फिल्म बनाउन भन्दा चलाउन गाह्रो "(गीत र टेलरको भिडियो सहित )

शुसन घिमिरे पोखरा
आगामी मंसिर १९ गते देखी देशभर एकै साथ रिलिज हुन लागेको फिल्म “नाईके’ को आज पोखरामा प्रेसमिट सम्पन्न भएको छ । प्रेसमिटमा फिल्म का मुख्य नायक आर्यन सिग्देल नायीका सुरबिना कार्की बाहेक अन्य कलाकार हरु को उपस्थित रहेका थिए । प्रेसमिटमा “नाईैके” का मुख्य नायक अर्थात् नाईैके रोहित पाण्डे लाई पहिलो पटक मिडिया माझ सार्बजनिक गरिएको थियो ।
naike-naamstefilmyचलचित्रमा आर्यन सिग्देल , सुरबिना कार्की र रोहीत पाण्डेको साथ मा रेम बिक , बोधराज रेग्मी , सारिका केसी लगाएतले अभिनय गरेका छन् । कार्यक्रम मा बोल्दै निर्माता नारायण खनाल ले फिल्म बनाउने क्रममा मोफसलमा बनेका फिल्म भनेपछि बनेका फिल्म भन्दैमा दोस्रो दर्जाको फिल्म हो भन्ने मानसिकता काठमाण्डौ का बितरकहरु मा रहेको रहेको तर अहिेले नाईके को चर्चा पछि उक्त भ्रम हटेको समेत उनले बताए । फिल्म निर्माण गर्दा को अनुभब बताउदै उनले भने :- “निकै मिहेनत र दुख गरेर फिल्म को काम सकायौ तर त्यो भन्दा पनि दुख त रिलिज गर्दा हुने रहेछ । प्राबिधिक रुपमा उत्कृट बनाउन का लागी पनि फिल्म को रिलिज डेट पछि धकेल्नु पर्यो ।
naike -namastefilmy“कार्यक्रममा बोल्दै निर्देशक नेत्र गुरुङ् ले नाईके लाई उत्कृट बनाउन आफूले कुनै पनि कसर बांकी नराखेको बताएका थिए । ‘नाईके’ एउटा मसलेदार फिल्म हो , अहिले बनिरहृका फिल्म भन्दा केही भिन्न् पनि छ दर्शकहरु ले मनपराउने मा ढुक्क छु :- उनले भने । टाईटल गित हुम नाईके , लोभी भमरा , मलाई लाग्छ हरेक पल प्यारो र प्यासी प्यासी छु म गरि चार गित फिल्म मा समाबेश रहेका छन् । कार्यक्रम मा फिल्ममा समाबेश चार वटै गित हरुका भिडियो समेत सार्बजनिक गरिएको थियो । सार्बजनिक गितहरुमा नेत्र गुरुङ् , दिनेश राउत , सुक बहादुर गुरुङ् र रमण गायक को शब्द रहेका छन् । ताराप्रकाश लिम्बु , योगेश काजी बिसि , रमण गायक लगाएतको संगित हरेको गितमा रोहन नेपाली को कोरियोग्राफि रहेको छ । करिब ७० लाखको लगानीमा निर्माण गरिएको फिल्म को कार्यककारी निर्माता बिष्णु हमाल हुन् । “नाईके” मा जगदिश खनाल , नारायण खनाल ,संगिता पराजुलि र आनन्द क्षेत्रीको समेत लगानी रहेको छ । फिल्म लाई गोपाल कायस्थ र एफ.डि. कम्पनिले बितरण गर्ददैछ ।
टेलर हेर्नुहोश:

गीत हेर्नुहोश :

टेलर हेर्नुहोश:

Namaste Filmy

Read Previous

हङकङमा ‘ए मेरो हजुर २’को घोषणा

Read Next

नेफ्टाले दिएको अवार्ड लिन्न : अनुभव रेग्मी ।