'जिन्दगी रक्स' डबिङको अन्तिम चरणमा ।

akesha _bista_jindagi_rocks
डबिङमा ब्यस्त नायिका अकेशा बिष्ट ।

[dropcap]बि[/dropcap]शुद्ध युवापुस्ताको कथा समेटिएको फिल्म जिन्दगी रक्स डबिङको अन्तिम चरणमा पुगेको छ । बानेश्वरको रियल टाइम स्टुडियोमा धमाधम डबिङ भइरहेको फिल्म निकेश खड्काको निर्देशनमा बनेको हो । निकेशको यो डेब्यु फिल्म हो । यसअघि उनले एक सय भन्दा बढी म्युजिक भिडियोहरु निर्देशन गरेका थिए ।
फिल्मलाई भी प्रोडक्सनको ब्यानरमा बिरेन्द्रराज तुलाधार र सुजिता श्रेष्ठले निर्माण गरेका हुन ।
फिल्मबाट पपुलर भीजे अकेशा बिष्ट रजतपटमा डेब्यु गर्दैछिन । उनी कान्तिपुर टेलिभिजनको टक शो कल कान्तिपुरबाट दर्शकमाझ परिचित छिन । फिल्मको स्कृप्ट र निर्देशकिय पक्ष अब्बल भएकैले यसै फिल्मबाट आफुले डेब्यु गर्न लागेको अकेशा बताउछिन ।
फिल्ममा अकेशा सँगै सौरमराज तुलाधार, सोनम पाख्रिन, रिचा शर्मा, प्रकृति श्रेष्ठ, मकन राई, बिनोद मैनाली, बिकी पुलामी र राजेन्द्र खड्गीको समेत अभिनय रहेको छ । फिल्म काठ्मण्डौ, पोखरा तथा चितवनका विभिन्न रमणिय स्थानहरुमा खिचिएको हो ।
फिल्ममा सुगम पोखरेल, कमल खत्री, बाणी ब्याण्ड, पुष्पन प्रधान, सन्जीन श्रेष्ठको सँगीत रहेको छ । त्यस्तै फिल्ममा उमेश महर्जनको द्धन्द, हरि हुमागाईको छयांकन तथा बिनोद मैनालीको सह निर्देशन रहेको छ ।

Namaste Filmy

Read Previous

नेफ्टाले दिएको अवार्ड लिन्न : अनुभव रेग्मी ।

Read Next

सोनम कपुरसँग रोमान्स गर्न लजाए सलमान ।