अन्तत चलचित्र ‘भीमदत्त’को १२ वटा शब्द तथा दृश्य काटेर सेन्सर पास

फाल्गुन ९, शुक्रवार
जिउदो सहिदको रुपमा आम जनमासमा परिचित किसान आन्दोलनका अगुवा भीमदत्त पन्तको जीवनीमाथि निर्माण गरिएको चलचित्र ‘भीमदत्त’लाई नेपाल चलचित्र जाँस पास समिति(सेन्सर बोर्ड ) ‘पिजी’ प्रमाणपत्र साथ फिल्म पास गरेको छ ।
1948193_10200821421852874_2043684571_nअब चलचित्र हेर्न १६ बर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा हल जानु पर्ने छ ।चलचित्रमा समावेश १२ वटा शब्द तथा दृश्य काटेर सेन्सर वोर्डले :पिजी’ प्रमाणपत्र दिएको हो । किसान आन्दोलनका अगुवा भीमदत्त पन्तको जीवनीमाथिको फिल्ममा बिशेस गरेर भारत भन्ने शब्दलाई हटाउनु भन्दै यो सबै हटाउन
हटाउन पर्ने दृश्य तथा संबादहरु
1922490_10200822437918275_783050203_n
सेन्सरले आदेश दिएको छ भन्दै निर्देशक हिमग्याप टासीले आफ्नो फिल्मलाई यसरि सेन्सर पास गराउन सहयोग गरेकोमा पत्रकार ,सेन्सर बोर्ड , फिल्म युनिट परिवार सबैलाई धन्यवाद दिदै सबैलाई देशको माया रहेको भन्दै देशलाई माया गर्नु पर्छ भन्नु भएको छ ।
1780642_10200821422452889_611473095_nहिमग्याप टासीले निर्देशन रहेको चलचित्र ‘भिमदत्त’ मा नवल खड्का,निशा अधिकारी , सुमिना घिमिरे आदिको अभिनय रहेको छ भने चलचित्र ‘भीमदत्त’लाई नवल खड्का निर्माण गरेका हुन् ।सेन्सर बोर्डले ले मंगलबार चलचित्र पास गर्न नखोजेको भन्दै चलचित्र युनिटले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर सेन्सर बोर्ड प्रति अपत्ती गर्दै बिरोध जनाएका थियो । चलचित्र यहिँ ‘मार्च २ का लागि हङकङ मा शो फिक्स भई सकेकोले भोलि नै निर्माता तथा कलाकार नवल खड्का,हङकङ प्रस्थान गर्ने भएका छन् ।

Namaste Filmy

Read Previous

दर्शकको आग्रहमा हरि योञ्जनले ‘हे शिमरन‘ तीन पटक सम्म गाए

Read Next

मुटु तेस्रो हप्तामा प्रवेश ः निर्माता निर्देशक सुर्य बोहरा को ढुकढुकी बढ्यो