मुटु तेस्रो हप्तामा प्रवेश ः निर्माता निर्देशक सुर्य बोहरा को ढुकढुकी बढ्यो

न्याय प्रिय÷काठमाण्डौं, फागुन १०
निरन्तर १४ वर्ष प्रवासको जीवन बिताएर स्वदेश फर्किएका नेपाली चलचित्र निर्माता निर्देशक एभरेष्ट सुर्य बोहरालाई नेपाली माटोको सुगँन्ध र हिडेको बाटोले तान्यो । पुनः आफ्नो क्षेत्रमा फर्कनु भयो र पारिवारीक विषयवस्तुमा आधारित रहेर चलचित्र मुटुको कथा लेख्न थाल्नु भयो । त्यसलाई पर्दामा उतार्नु भयो । के थियो र सुर्य बोहरालाइर्, लामो समयको अन्तराल पछिको चलचित्र मुटुलाई पनि बेडापार लगाउनु भयो । चलचित्रको खडेरी परिरहेको कलिउडमा समेत मुटुले दोस्रो हप्ता सहज पार गर्दै तेस्रो हप्तामा प्रवेश गराइ छाड्नु भयो ।
1899201_444628579000519_977477270_nउहाँका यस अघिका चलचित्रहरु अग्निपरिक्षाले ५१ दिन र कान्छाले समेत अत्यधिक उत्साह जनक ब्यापार गर्न सफल रहेको थियो । यस चलचित्र सफलताको पछाडि निकै लामो यात्रा गर्नु भयो थियो उहाँले । नेपाली रंगमञ्चमा तुवाँलोले ढाकेको वस्ती, बेहुली दिदीको तिहार लगायतका अनगिन्ती नाटकहरुको सफल निर्देशन गरिसक्नु भएको थियो । २३ वर्षको पट्ठा जवानीमा नै राजेश हमाल, करिष्मा मानन्धर जस्ता चर्चित कलाकारहरुलाई समेत सफल निर्देशन गर्नु भएको थियो । विदेशी नाटक न्याय प्रिय, कठपुतलीको घर, भित्तामा लेखिएका कथाहरु लगायतका नाटकहरु समेत सफल निर्देशन गरेर वाहवाही प्राप्त गर्नु भइसकेको थियो ।
7542_10152138335120659_1698628713_n
अमेरिका बसाईको दौरान पनि उहाँले चलचित्र निमार्ण सम्बन्धि धेरै प्रशिक्षणहरु लिनुका साथै चलचित्र सम्बन्धि विषयमा अध्यापन समेत गरेर खारिनु भयो । परिणास्वरुप उत्कृष्ट चलचित्रहरुसँग प्रतिस्पर्धिरुपमा उत्रेको चलचित्र मुटुले आज स–गौरव तेस्रो हप्तामा प्रवेश गराउन समेत सफल रहनु भएको छ । दर्शकहरुको अपार माया र नेपाली चलचित्रका दर्शकहरुको मुटु छुन सफल चलचित्रको बढ्दो सफलता सँगै निर्माता निर्देशक एभरेष्ट सुर्य बोहराको समेत मुटुको ढुकढुकी बढन थालेको हल्ला चलेको छ । धेरै लामो समय सम्म नेपाली चलचित्रका पारखीहरुबाट टाडारहदाँ पनि उहाँहरुबाट अपार माया देखाउनु भएकोमा जताततै नेपाली माटोको सुगँन्धै सुगँन्ध पाइरहनु भएको छ रे । हिडेको बाटो पुरानै लाग्न थालेको छ रे । मन भित्र अर्को नयाँ कथाहरु सलबलाउन थालेको छ रे । तत्काल अर्को चलचित्र प्रारम्भ गर्ने उहाँको मुटुमा पनि हुटहुटी चल्न थालेको छ रे । उहाँको पनि नजान्नीतो तरिकाले मुटुको ढडकन बढ्न थालेको छ रे ।

Namaste Filmy

Read Previous

अन्तत चलचित्र ‘भीमदत्त’को १२ वटा शब्द तथा दृश्य काटेर सेन्सर पास

Read Next

निसाले गरिन समाचारको खण्डन । शंकर आफ्नो तेस्रो नभइ पहिलो पति भएको दाबी ।