इन्फा अवार्डमा 'नाई नभन्नु ल २' को बर्चस्व ।

Infa award_suraj_and_Priyanka [dropcap][/dropcap]इतबार साँझ हङकङमा सम्पन्न इन्फा अवार्डमा नेपाली कथानक चलचित्र नाइ नभन्नु ल २ ले आफ्नो बर्चस्व जमाएको छ । उत्कृष्ट फिल्म र निर्देशकसँगै विभिन्न ८ बिधामा अवार्ड जित्दै फिल्मले बर्चस्व कायम गरेको हो । Infa award_Takme budaहङकङको यनलङ थियटरमा एक भव्य समारोहका बीच उपप्रधान तथा स्थानीय बिकास मन्त्री प्रकाशमान सिहंले अवार्ड बितरण गरेको हो । समारोहमा चलचित्रकर्मी उद्धव पौडेललाई पाँच लाख रुपैयाँसहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । त्यस्तै शिव श्रेष्ठलाई सर्वश्रेष्ठ नायक, भुवन केसी अभिनय तारा, बिजय लामालाई सुपर हिरो, गौरी मल्ललाई कला प्रतिमुर्तिको रुपमा सम्मान गरिएको थियो । त्यस्तै सगरमाथा आरोहण गरेका नायिका निशा अधिकारी र नायक अर्जुन कार्कीलाई विशेष सम्मा दिइयो भने नायक अविनाश गुरुङलाई स्पेशल रिकग्निसन अवार्ड दिइएको थियो । Infa award_suraj subba_abinash gurungहेर्नुहोस क कसले जिते अवार्ड ?

उत्कृष्ट फिल्मः नाइँ नभन्नू ल-२
निर्देशकः विकास आचार्य, नाइँ नभन्नू ल-२
अभिनेताः आर्यन सिग्देल, महसुस
अभिनेत्रीः नम्रता श्रेष्ठ, मौन
पटकथाः सुरज सुब्बा नाल्बो, बितेका पल
कथाः नवीन गौली, सुरज भुसाल, मौन
सहअभिनेताः सुरजसिंह ठकुरी, नाइँ नभन्नू ल-२
सहअभिनेत्रीः प्रियंका कार्की, नाइँ नभन्नू ल-२
खलअभिनयः झरना थापा, कोही त छ
हाँस्यअभिनयः सीताराम कट्टेल, ६ एकान ६
संगीतकारः वसन्त सापकोटा, नाइँ नभन्नू ल-२
गीतकार: कृष्णहरि बराल, नाइँ नभन्नू ल-२
गायक: प्रेम परियार, नाइँ नभन्नू ल-२
गायिका : मिलन अमात्य, काली
नृत्य : कविराज गहतराज, काली
नवअभिनेता : अनमोल केसी, होस्टेल
नवअभिनेत्री : सुजाता कोइराला, मञ्जरी
छायांकन : पुरुषोत्तम प्रधान, ढुवानी
सम्पादन : अनन्जय खड्का, साँघुरो
द्वन्द्व निर्देशन : राजेन्द्र खड्गी, नथिङ इम्पोसिबल
फ्रेस फेस अवार्ड : मलिना जोशी, ऋतु
मस्ट पपुलर एक्टर : दयाहाङ राई
मस्ट पपुलर एक्ट्रेस : प्रियंका कार्की
उत्कृष्ट कथाकार : विकाश आचार्यInfa award_keki_adhikarii Infa award_priyanka_karki Infa award_udhhab_poudel Infa award_bijay lama_saugat_mallaPhotos Courtesy: jpthk.com

Namaste Filmy

Read Previous

सोल्टीले नाँचेको लास्ट राम्रो । 'आवेग' गीत रिलिज ।

Read Next

खिचियो बलिउडकै सबैभन्दा लामो 'किस' दृश्य।