'श्री ५ अम्बरे'को पुर्वाञ्चल दौडाह सम्पन्न ।

अर्पण ढकाल, धरान ।

Shree 5 ambare1_purbanchal [dropcap]प्रो[/dropcap]मो र गीत संगीतको कारण प्रतिक्षित बनेको फिल्म ‘श्री ५ अम्बरे’को पुर्वाञ्चल दौडाह सम्पन्न भएको छ । फिल्म प्रमोशनका लागी  देश दौडाहमा रहेको फिल्म टोलीले पुर्वाञ्चलमा विभिन्न कार्यक्रमहरु गरी फिल्मबारे जानकारी दिएको छ । पुर्वको धरान, इटहरी, बिराटनगर, बिर्तामोड, उर्लाबारी, दमक लगायत शहरहरुमा फिल्मको पब्लिसिटी गर्दै टोली आइपुगेका थिए । टोलीले यहाँका विभिन्न स्थानिय रेडियो तथा टेलिभिजनमा फिल्मबारे प्रचार गरे ।
फिल्म प्रचारका लागि निर्देशक दीपा बस्नेत र निर्माता दिपक आचार्य पुर्व आएका थिए । मुख्य कलाकारले प्रोमोशनको लागि समय दिन नसके पछि फिल्म भित्र बालकलाकारको रुपमा प्रस्तुत भएका बिराटनगरका अविरल अधिकारीले समेत
पुर्व प्रोमोशनमा साथ दिए । Shree 5 ambare_purbanchalस्थानीय संचारकर्मीहरु लाई भेटेर फिल्मको गीत र प्रोमो बारे प्रतिक्रिया समेत युनिटले लिएका थिए । फिल्म रिलिज हुने पुर्वका सम्पूर्ण हलमा गएर फिल्म हेर्न आएका दर्शक संगै हल ट्रेलर हेरेर फिल्म बारे जानकारी समेत उनीहरुले गराए  पुर्व बाट सुरु भएको दौडाहा लालबन्दी ,हेटौडा ,चितवन,पोखरा, बुटवल लगायतका स्थानमा समेत हुने निर्माता दिपक आचार्यले बताए । फिल्म उत्कृष्ट बनेकोले यसको जानकारी सम्पूर्ण नेपाली फिल्मलाई मनपराउने दर्शक माझ पुग्न जरुरी भएकोले यस्तो कार्यक्रम गरिएको निर्देशक दिपा बस्नेतले बताईन । जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित फिल्ममा सौगात मल्ल, केकी अधिकारी, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई, मार्टिन खान, राज गोदाइली लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

Namaste Filmy

Read Previous

दुर्घट्नामा परि नायिकाको निधन ।

Read Next

अनाथ बालबालिकाका लागी 'टाइगर'को च्यारिटी ।