आर्यन र सुष्मिताको 'पुनर्जन्म'। पोस्टर, ट्रेलर तथा गीत हेर्नूहोस।

[dropcap]ने[/dropcap]पाली कथानक चलचित्र ‘पुनर्जन्म’को फस्टलुक स्वरुप पोस्टर, ट्रेलर तथा गीत सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो । सभासद तथा कालिका ग्रुपका अध्यक्ष विक्रम पाण्डे प्रमुख अतिथि रहेको कार्यक्रममा पाण्डे र चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले संयुक्त रुपमा फस्टलुक सार्वजनिक गरे । त्यस्तै संगीतकार बसन्त सापकोटाले फिल्मको गीत सार्वजनिक गरे ।Punarjanma_nepali filmउक्त कार्यक्रममा बोल्दै सभासद पाण्डेले पछिल्लो समयमा नेपाली फिल्म राम्रो बन्दै गएकोमा खुशी व्यक्त गरे । उनले समाजलाई जागरुक र सचेत गराउने किसिमका फिल्म बनाउन आवश्यक रहेको समेत औल्याए ।
फिल्ममा पहिलोपटक सिपाही बनेका नायक आर्यन सिग्देलले फिल्ममा आफ्नो भुमिका अन्य फिल्ममा भन्दा भिन्न रहेको बताए । उनले फिल्म पछिल्लो पुस्ताका लागि पनि इतिहास बन्ने दाबी गरे । फिल्मका निर्देशक तथा सम्पादक सजन श्रेष्ठ(सत्य)ले फिल्मले द्वन्द्वबारे जानकार नभएका पुस्तालाई द्वन्द्वको जानकारी दिने बताए । निर्माता मोहनकृष्ण श्रेष्ठले फिल्मले द्वन्द्वका पीडालाई प्रस्तुत गर्ने जनाए Punarjanma2_nepali filmफिल्म ‘पुनर्जन्म’ एमके इन्टरटेनमेन्टको व्यानरमा बनेको हो । भद्रबहादुर शाही समेत निर्माता रहेको फिल्ममा आर्यन सिग्देल, सुष्मिता शाही, गजित विष्ट, केकी अधिकारी, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनाल र रुष्मा श्रेष्ठ लगायतको अभिनय रहेको छ । फिल्ममा बसन्त सापकोटा र जयन्त शर्माको संगीत, कविराज गहतराजको नृत्य, अष्ट महर्जनको द्वन्द्व, मिलन अमात्य, प्रल्हाद तिमिल्सिना, अञ्जु पन्त र जितु श्रेष्ठको स्वर र शिव ढकाल तथा नवराज कृष्ण थापाको छायांकन रहेको छ । फिल्मको रिलिज मिति भने फाल्गुन १५ गते तोकिएको छ ।

Namaste Filmy

Read Previous

अनाथ बालबालिकाका लागी 'टाइगर'को च्यारिटी ।

Read Next

प्रहरी पोशाकमा शिल्पा । 'हवल्दार सुन्तली' फस्टलुक ।