प्रहरी पोशाकमा शिल्पा । 'हवल्दार सुन्तली' फस्टलुक ।

[dropcap][/dropcap]विराज प्रोडक्सनमा निर्मित फिल्म ‘लज्जा’ प्रदर्शन भइरहेकै बेला यहि ब्यानरको अर्को फिल्म ‘हवल्दार सुन्तली’को फस्टलुक पोस्ट बाहिरीएको छ । बुधवार छठपर्वको अवसरमा समाजिक सञ्जालमा पोस्टर रिलिज गरिएको हो । फिल्मको पोस्टरमा नायिका शिल्पा पोखरेललाई प्रहरी पोशाकमा देखाइएको छ ।Hawaldar suntali.jpg स्मरण रहोस प्रदर्शनरत फिल्म लज्जाकी हिरोइन पनि यिनै शिल्पा पोखरेल हुन । ‘हामीले लज्जाबाट सफलता हात पारिसक्यौ अबको  ध्यान हवल्दार सुन्तली तर्फ रहेकाले आज फष्टलुक सार्वजनिक गरेका हौ’- निर्माता  छविराज ओझाको भनाई छ ।
आफ्नै सहकर्मीबाट बलकृत भएकी प्रहरी हवल्दार सुन्तली धामी माथिको सत्य घटनामा बनेको यो फिल्ममा किशोर खतिवडा सहित सविन श्रेष्ठ मुख्य भूमिकामा छन् । हवल्दार सुन्तलीलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन ।
फिल्म नयाँ बर्ष लक्षित गर्दै चैत्र २७ गते प्रदर्शनमा आउनेछ । उक्त दिन विनय श्रेष्ठको फिल्म रेशम फिलीली पनि प्रदर्शन हुदैछ ।

Namaste Filmy

Read Previous

आर्यन र सुष्मिताको 'पुनर्जन्म'। पोस्टर, ट्रेलर तथा गीत हेर्नूहोस।

Read Next

अभिनेत्री सना खान ब्वायफ्रेन्डसहित गिरफ्तार ।