नेपाली चलचित्रको चरित्र

चलचित्र सबैभन्दा शक्तिशाली साहित्य हो । शैक्षिकप्रविधि पनि हो । मुभी मेडिसिन पनि हो । चलचित्रले मनोचिकित्साको कार्य गर्छ । वास्तवमा चलचित्रमा दर्शकलाई सम्मोहित बनाएर दर्शकको मनमस्तिष्क नै पुनःसंंरचना गर्ने समाथ्र्य हुन्छ । त्यसैले चलचित्रको उचित सदुपयोग गर्नुपर्छ । राम्रा चलचित्रले सीधै दर्शकको मनमस्तिष्क छुन्छ भन्ने तथ्य आत्मसात् गरेर चलचित्रकर्मीहरूले स्तरीय नेपाली चलचित्र निर्माण गर्नेतिर सधैं अग्रसर हुनुपर्छ ।
silpa-namastefilmy
नेपाली मौलिकता, राष्ट्रिय एकता तथा अखण्डलाई केन्द्रमा राखेर मनोरञ्जनका साथसाथै दर्शकलाई सकारात्मक सन्देश दिने तथा उत्प्रेरित गर्ने खालका चलचित्रहरू निर्माण गर्नु नै हरेक चलचित्रकर्मीको धर्म हो । तर, विडम्बना के भने नेपाली चलचित्रको यस्तो चरित्र देखिएको छैन ।
नेपाली चलचित्र
२०२२ सालमा हीरासिंह खत्रीको निर्देशनमा बनेको आमा (२००७ सालमा भारतबाट नेपाली भाषाको चलचित्र ‘सत्य हरिशचन्द्र’ बनेको थियो) लाई पहिलो नेपाली चलचित्र मान्ने हो भने नेपाली चलचित्रले करिब आधा शताब्दी पार गरिसकेको छ । ५० वर्ष भनेको थोरै समय होइन । सुरुका दिनमा एक÷दुई वर्षको अन्तरमा एउटा÷दुईटा नेपाली चलचित्र बन्ने गरेको भए तापनि बहुदलीय व्यावस्था पुनःस्थापनास“गै नेपाली चलचित्र बन्ने प्रक्रिया ह्वात्तै बढ्यो । केही वर्षयतादेखि त एक वर्षमै ५०औं चलचित्र बन्न थालेका छन् ।
संख्यात्मक रूपमा नेपाली चलचित्रले निकै प्रगति गरेको छ । तर, स्तरीयताका हिसाबमा नेपाली चलचित्रहरू निकै कमजोर छन् । वास्तवमा योे ५० वर्षको अवधिमा एउटा पनि कालजयी चलचित्र बन्न सकेको छैन । करिब एक दशक पहिला डोल्पेली भाषाको ‘क्याराभान’ बन्यो । यो चलचित्रले नेपालको डोल्पालाई अमेरिका तथा युरोपका देशहरूमा पु¥यायो । विश्वचर्चित भयो । तर, विडम्बना के भने योफ्रान्सेली निर्देशक एरिक भ्यालीको फिल्म बनेर रह्यो ।
वर्षौं पहिला निर्देशक प्रताप सुब्बाले एउटा सार्थक प्रयास गरेका थिए, परालको आगो बनाएर तर त्यसपछि उनले परालको आगोहरू बनाउन सकेनन् । चट्याङ बनाए । भीष्म प्रतिज्ञा बनाए । कहीं अ“ध्यारो कहीं उज्यालो बनाए । र, आफैं अ“ध्यारोमा हराए । अर्का निर्देशक नीर शाहले वासुदेव बनाएर ठूलो प्रशंसा बटुलेका थिए । तर, उनले वासुदेवबाट कमाएको बौद्धिक साख २५ वसन्तमा लिलामी गराए । वसन्तीबाट उनले आफ्नो गुमेको प्रतिष्ठा पुनर्जीवित गरे ।
हो, नीर शाहस“ग चलचित्र निर्माणको राम्रो ज्ञान छ, क्षमता पनि छ । नीर शाह राम्रा कलाकार हुन् । तर, त्योभन्दा राम्रा निर्देशक हुन् । त्यसैले उनले मिनी स्कर्ट लगाई नाइटो देखाएर चलचित्र हिट गराउन खोज्ने रेखा थापाहरूको चलचित्रहरूमा हल्काफुल्का भूमिकाहरूमा अभिनय गरेर आफ्नो श्रम र समय नष्ट गर्नुभन्दा राम्रो टिम बनाएर, गहन अध्ययन तथा अनुसन्धान गरेर स्तरीय नेपाली चलचित्रको निर्माणमा आफ्नो ज्ञान, सीप र क्षमतलाई सदुपयोग गर्नु नै नेपाली चलचित्र जगत्का लागि सार्थक योगदान ठहरिनेछ । त्यसो त डायमन्डशमशेर राणाको उपन्यास सेतो बाघमा आधारित उनको नया“ चलचित्र सेतो बाघबाट धेरै आशा गर्न सकिन्छ ।
निश्चित रूपमा दक्षिणा, वासुदेव, परालको आगो, बसन्ती, नुमाफुङ, मसान तथा उमा एवं झोला आदि राम्रो प्रयास हुन् । तर, यतिले पुग्दैन । मन र मुटु जोडेर बौद्धिक मस्तिष्कले सोच्ने हो भने सिर्जनशील हातहरूका लागि नेपाली सिनेमा संसारमा केही गर्न सक्ने धेरै सम्भावना छ ।
नेपाली सिने बजार
स्तरीय नेपाली सिनेमाका लागि बजार नभएको पनि होइन । केही महिनापूर्व विश्वव्यापी प्रदर्शनमा आएको हिन्दी सिनेमा धुम–थ्रीले ३ सय करोड भारुको बजार बनाउ“दै गर्दा नेपाली सिनेमाले ३ सय लाखको बजार बनाउन कुनै गाह्रो पनि छैन । लुट, ६ एकान ६ तथा कोहिनूर आदिको सफलताले यो कुरा प्रमाणित पनि गरिदिएको छ । त्यसैले सिनेकर्मीहरूले यसप्रति ध्यान दिएर स्तरीय नेपाली चलचित्रहरू निर्माण गर्न इमानदारीपूर्वक जुट्नुपर्छ । यदि, चलचित्र क्षेत्रमा केही गर्ने हो भने लहडमा रहरका लागि जस्तो पायो त्यस्तै चलचित्र बनाउने तथा खेल्ने गर्नुहु“दैन । नेपाली चलचित्रहरू स्तरीय भएको खण्डमा नेपाली चलचित्रको बजार आफैं बढ्दै जानेछ ।
दुई अभिनेताको ‘जोस’
चलचित्र क्षेत्र धेरै युवायुवतीहरूको आकर्षणको केन्द्र हो । चलचित्र क्षेत्रमा नाम पनि हुने दाम पनि हुने लोभमा अधिकांश युवायुवती यस क्षेत्रमा आउने गर्छन् । तर, जसरी आउ“छन्, त्यसरी नै हराएर जान्छन् । त्यो किनभने चलचित्र क्षेत्रमा स्थापित हुन सजिलो छैन । अभिनय प्रतिभा, मेहनत, लगन, संघर्ष र अन्तिम साससम्म यसै क्षेत्रमा कार्य गरेर आफ्नो प्रतिभा र क्षमता देखाउने उत्कट संकल्पविना चलचित्र क्षेत्रमा कुनै पनि अभिनेता÷अभिनेत्री टिक्न सक्दैनन् ।
यस्तै, संकल्प र नेपाली चलचित्र उद्योगमा रचनात्मक परिवर्तन गर्ने उद्देश्यका साथ आएका छन्, प्रतिभाशाली र लगनशील दुई अभिनेता, ओम क्षत्री र दिनेशजंग खड्का ।
युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो प्यारो ओखलढुंगामा जन्मिएका अभिनेता ओम क्षत्री हाल काठमाडौंमा बसोबास गर्छन् । क्षत्रीले नौ महिना पहिला मात्र कस्तो टेन्सनमार्फत नेपाली चलचित्र उद्योगमा प्रवेश गरेका हुन् । प्रतिभा र नेपाली चलचित्र उद्योगमा केही नौलो र उल्लेखनीय काम गर्ने जोसका कारण नै यो नौ महिनाको अवधिमा उनले कस्तो टेन्सन, कसिंगर, तरंग र थुक्क साला जिन्दगी जस्ता चार नेपाली चलचित्रमा प्रमुख भूमिकामा अभिनय गरिसकेका छन् । शिव घिमिरेद्वारा निर्देशित चलचित्र कस्तो टेन्सन प्रदर्शन भइसकेको छ भने अन्य चलचित्र प्रदर्शनको तयारीमा छन् ।
आफूलाई एक्सन नायकका रूपमा स्थापित गर्ने उद्देश्यका साथ नेपाली चलचित्रमा प्रवेश गरेका क्षत्रीले लगनशील र मेहनती भएर आफ्नो प्रतिभालाई निखार्दै लगे पनि आज सलमान खान र साहरुख खानको एक्सन फिल्महरू हेर्न ता“ती लगाउने नेपाली दर्शकहरू भोलि ओम क्षत्रीको एक्सन फिल्म हेर्न ता“ती लगाउने सम्भावना पनि छ । सलमान खान तथा साहरुख खानहरू पनि रातरात सुपरस्टार भएका त पक्कै होइनन् । साहरुख खानले त पहिला टिभी सिरियलहरू खेल्ने गर्थे ।
ओम क्षत्रीजस्तै अर्का प्रतिभाशाली अभिनेता हुन्, दिनेशजंग खड्का । नाटकबाट कलाकारिता प्रवेश गरेका दिनेशले दर्जनौं नाटक, टेलिफिल्म तथा म्युजिक भिडियोहरूमा आफ्नो कुशल प्रतिभा देखाइसकेपछि नेपाली कथानक ‘सुटः फायर माइन्ड’ मार्फत् उनी रजतपटमा देखापरेका हुन् । प्रदर्शनमा मुखमा रहेको ‘फन्दा’ उनको दोस्रो चलचित्र हो । यस चलचित्रबाट उनी अझ आशावादी छन् ।
दिनेशलाई नायिकास“ग नाच्ने, गाउने तथा रोमान्स गर्नेजस्ता हल्काफुल्का चलचित्र गर्न कुनै रुची छैन । उनी वास्तविकतास“ग नजिक रहेको चरित्रमा डुबेर दमदार अभिनय गर्न रुचाउ“छन् । उनलाई मौलिक तथा समाजिक कथावस्तु मनपर्छ । यस्तो कथावस्तुको चरित्रको गहन अध्ययन गरी सो चरित्रलाई सशक्त रूपमा पर्दामा उतारेर दर्शकको मन जित्ने उनको उद्देश्य छ । यही उद्देश्यका साथ नेपाली चलचित्रमा केही योगदान गर्ने जोस लिएर उनी यस क्षेत्रमा प्रवेश गरेका हुन् ।
हुन त चलचित्रका अभिनेता तथा अभिनेत्रीहरू जस्तोसुकै भूमिका पनि जम्न सक्ने हुनुपर्छ । तर, सबै कलाकार कलाकारिताका हरेक विद्यामा उत्तिकै पोख्त हुनुपर्छ भन्ने छैन । हिन्दी सिनेमाका एक्सन हिरोहरू जस्तै सन्नी देवल तथा सलमान खान आदि राम्रोस“ग नाच्न जान्दैनन् भने ऋतिक रोसन नृत्यमा सशक्त छन् । त्यसैले नै उनका निर्माता पिता राकेश रोसनले उनलाई त्यसरी नै प्रस्तुत गर्छन् । हाम्रै महानायक राजेश हमाल पनि नृत्यमा निकै कमजोर छन् । त्यसैले हरेक कलाकारले आफ्नो प्राकृतिक प्रतिभा पहिचानेर सोहीअनुसारका फिल्महरू खेल्नु उत्तम हुन्छ ।
काभ्रेको पनौतीमा जन्मेका प्रतिभाशाली अभिनेता दिनेशले पनि यस कुरालाई मनन गरी संख्यामा भन्दा गुणस्तरमा ध्यान दिई आफ्नो मेहनतलाई अझ निखार्दै लगे पनि निश्चित रूपमा दिनेशको भविष्य उज्ज्वल छ ।
टलकजंग भर्सेज टुल्के
अभिनेता तथा निर्माता रवीन्द्रसिंह बानिया“को टलकजंग भर्सेस टुल्के हालै प्रदर्शनमा आएको छ । सुपरहिट चलचित्र ‘लुट’ निर्देशक निश्चल बस्नेतको यो दोस्रो चलचित्रले पनि राम्रो व्यापार गर्ने धेरैको अनुमान छ । रवीन्द्रजंग र निश्चलको केमिस्ट्रीले ‘लुट’ को रेकर्ड तोड्यो भने नेपाली चलचत्रिको चरित्र नै परिवर्तन हुने निश्चित छ । हुन त लुट तथा टलकजंग भर्सेज टुल्के व्यावसायिक चलचित्र हुन् । तर, यस्ता चलचित्रहरूको सफलताले केही नौलो गरी देखाउने संकल्प बोकेका निर्माता निर्देशकलाई मौलिक र स्तरीय चलचित्रहरू निर्माण गर्न उत्साहित गर्नेछ ।
हबल्दार सुन्तलीको लज्जा
२०औं म्युजिक भिडियोहरू खेलेर दर्शकको मनमा बसेकी शिल्पा पोखरेल (हबल्दार सुन्तली)को पहिलो चलचित्र हालै प्रदर्शनमा आएको छ । प्रदर्शनपूर्व नै निकै चर्चा आएको यो चलचित्रले जस्तो व्यापार गरे पनि शिल्पाले आफ्नो प्रतिभालाई अझ निखार्दै लगिन् भने उनको फिल्मी भविष्य उज्ज्वल छ । तर, उनले पनि रेखालाई विस्थापित गर्ने उस्काहटमा फिल्म पाए भन्दैमा जस्तोसुकै चलचित्रमा अभिनय गर्दै गइन् भने जसरी यस क्षेत्रमा आइन्, त्यसरी नै हराउने छिन् ।
अतः नेपाली चलचित्र क्षेत्रमा आफ्नो प्रतिभा देखाएर स्थापित हुन संघर्षशील रहेका कलाकारहरू शिल्पा, रवीन्द्र, ओम तथा दिनेशले मात्र होइन, हरेक अभिनेता÷अभिनेत्री तथा सिनेकर्मीहरूले बुझ्नै पर्ने कुरा के भने चलचित्र क्षेत्रमा स्थापित हुन संख्यालाई भन्दा चलचित्रको गुणस्तरमा ध्यान दिनुपर्छ ।
सशक्त पटकथा, मनमस्तिष्कलाई छुने संवाद र पटकथाअनुसार कलाकारको प्रतिभालाई पर्दामा उतार्न सक्ने सिर्जनशील दक्ष निर्देशकविना चलचित्र सफल हु“दैन भन्ने बुझ्नुपर्छ । र, सोहीअनुसार नै निर्माता÷निर्देशकले चलचित्रहरू निर्माण गर्नुपर्छ, कलाकारले सोहीअनुरूप नै चलचित्र खेल्नुपर्छ । हल्काफुल्का थुप्रै सिनेमा खेल्नुभन्दा वर्षको एक÷दुईओटा स्तरीय चलचित्र खेलेर दर्शक मनमस्तिष्कमा छाइनु भनेको लामो दौडको घोडा बन्नुजस्तै हो । आमिर खानलाई नै हेरौं, वर्षमा उनको एउटा फिल्म आउ“छ र लोकप्रियताको सारा रेकर्ड तोड्छ ।
प्रस्तुति :ओम बानिया“
साभार :राजधानी राष्ट्रिय दैनिक

Namaste Filmy

Read Previous

हिसी मैचा कबिशा भन्छिन “डन्ट बे्रक माइ हर्ट”

Read Next

"लज्जा "लाई दोश्रो सातामा पनि दर्शकको राम्रो साथ