छुट्टिएको एक बर्षपछि बैधानिक रुपमै डिभोर्स ।

Hritik-Sujain-inछुट्टिएको अलग्गिएको करिब एक बर्ष पछि बलिउड सुपरहिरो ऋतिक रोशन र उनको पुर्वश्रीमति सुजैन बिच बैधानिक रुपमा डिभोर्स भएको छ । हालै बांद्रा अदालतले उनीहरुको सम्बन्धबिच्छेदबारे अन्तिम फैसला गरेको हो । अब कानुनी रुपमै ऋतिक र सुजैनको कुनै सम्बन्ध रहने छैन ।
उनीहरुको दुई छोराहरुको पालनपोषण भने दुवैले मिलेरै गर्नुपर्नेछ । दुई छोराहरु रिहान र रिदान हाल पढिरहेका छन ।
स्मरण रहोस सुजैन र ऋतिकले गत बर्षको डिसेम्बरमा अलग्गिने घोषणा गरेका थिए । लगतै सुजैन माइतीमै बस्दै आएका छन भने ऋतिक आफ्नै ब्यक्तिगत काममा ब्यस्त छन ।
ऋतिक अभिनित फिल्म बैंग बैंगले केहि साताअघि मात्र सुपरहिटको ब्यापार गरेको थियो ।

Namaste Filmy

Read Previous

'बागमती'को छायांकन सकियो

Read Next

'जेरी' को डिस्को गीत सार्वजनिक ( भिडियो सहित )