के के हुदैछ शाहरुख खानको जन्मदिनमा ?

shaharukh khan [dropcap][/dropcap]लिउड बादशाह शाहरुख खान आइतबार आफ्नो ४९ औ जन्मदिन मनाउदैछन । उनले आफ्नो जन्मदिनलाई उच्च स्तरमा मनाउने तयारी गरेका छन । हाल फिल्म ह्याप्पी न्यु इयरको सिटी टुरमा ब्यस्त शाहरुखले जन्मदिनमा एक भव्य र शानदार पार्टी दिदैछन । उनले पार्टीमा आउनका लागी सबैलाई निमन्त्रण पठाइसकेका छन । निमन्त्रणा पाउनेमा बलिउड हस्तीहरु सँगै विभिन्न नेता तथा ब्यापारीहरुसमेत छन ।
पार्टी दिनुभन्दा पहिले उनले परिवारसँग पनि केहि समय बिताउनेछन । त्यसपछि विगतमा जस्तै आफ्ना महल मन्नतको बाहिर प्रशंसकहरुबाट अभिनन्दन लिनेछन र उनीहरुसँगै केक काट्नेछन । पछिल्लो केहि बर्षयता शाहरुखले यसरी नै बर्थडे मनाउदै आएका छन ।
शाहरुखको बर्थडे पार्टीको डिजाइन उनकै पत्नी गौरीको रहेको बताइन्छ । अतिथिहरुलाई निमन्त्रण देखि पार्टीमा राखिने खानाका आइटमहरु समेत गौरीकै डिजाइनमा तयार पारिएको छ ।

Namaste Filmy

Read Previous

‘एउटा साथी’ को नयाँ ट्रेलर सार्वजनिक (भिडियो सहित )

Read Next

'भैरव' र 'होस्टेल रिटर्न्स' । रिलिज मिति सार्वजनिक ।