'वार्ड नम्बर छ'की हिरोइन बन्दै प्रियंका ।

Priyanka-Karki-in-Bandipur [dropcap]ना[/dropcap]यिका प्रियंका कार्की अब ‘वार्ड नम्बर छ की’ हिरोइन बन्ने भएकी छिन । दिपकराज गिरीको निर्माणमा बन्ने फिल्म ‘वार्ड नम्बर छ’ मा प्रियंकालाई फाइनल गरिएको हो । दिपक लामो समयदेखि फिल्मको क्यारेक्टर सुहाउदो हिरोइनको खोजीमा थिए ।
फिल्मको केन्द्रिय भुमिकाको लागी रेखा थापा देखि मोडल अकेशा बिष्टसम्मको चर्चा चलेको थियो । तर अन्ततः प्रियंका फिल्मको लागी फाइनल भएको हो । प्रियंका हाल ‘नाइ नभन्नु ल ३’ को छयांकनमा ब्यस्त छिन । त्यस्तै अन्य थुप्रै प्रोजेक्टमा ब्यस्त रहे पनि प्रियंका ‘वार्ड नम्बर छ’ को लागी राजी भएकी हुन ।
वार्ड नम्बर छ लाई ब्लकबस्टर फिल्म ‘छ एकान छ’ कै टीमले निर्माण गर्दैछ । दिपकराज गिरी, दिपाश्री निरौला, निर्मल शर्मा फिल्मका निर्माताहरु हुन । त्यस्तै फिल्मलाई उज्वल घिमिरेले निर्देशन गर्दैछन । फिल्मका सन्दीप क्षेत्रीबाहेकका पुरुष कलाकारहरु भने ‘छ एकान छ’ कै दोहोरिनेछन । सन्दीपको स्थानमा भने विल्सन बिक्रम राईले ओगटेको हो । ग्रमिण परिवेशको कथा बोकेको फिल्मको अब छिट्टै छयांकन थालिनेछ ।

Namaste Filmy

Read Previous

'भैरव' र 'होस्टेल रिटर्न्स' । रिलिज मिति सार्वजनिक ।

Read Next

'डेंगु' को शिकार बन्दै बलिउड कलाकार ।