'डेंगु' को शिकार बन्दै बलिउड कलाकार ।

lisa-haydon [dropcap][/dropcap]छिल्लो बलिउड कलाकारहरुमा एकपछि अर्को गर्दै डेंगुको संक्रमण देखिएको छ । केहि दिनअघि अभिनेता ऋषि कपुरलाई डेंगुको संक्रमण देखिएको थियो । उनी लामो समय अस्पताल बसेर स्वस्थ बनेका थिए । चिकित्सकहरुका अनुसार अझै पुर्णरुपमा कपुर खतरामुक्त भने नरहेको बताइन्छ ।
ऋषि कपुरपछि अब नायिका लिजा हेडेनमा पनि डेंगु देखिएको छ । लिजा रिलिजको तयारीमा रहेको फिल्म ‘द शौकिन्स’ कि हिरोइन हुन । डेंगु भएपछि उनी फिल्मको प्रमोशनमा जुट्न सकेकी छैनन । हालै दिल्लीमा फिल्म प्रमोशनको लागी पुरै फिल्म टोली उपस्थित थिए तर हिरोइन थिएनन । यसबारेमा प्रश्न गर्दा नायक अक्षयकुमार ले लिजालाई डेंगु भएको र आराम गरिरहेको बताएका थिए ।
यही नोभम्बरमा रिलिजको तयारीमा रहेको फिल्म ‘द शौकिन्स’मा अक्षय र लिजा को अलवा अनुपम खेर, अनु कपुर लगायतको पनि अभिनय छ ।

Namaste Filmy

Read Previous

'वार्ड नम्बर छ'की हिरोइन बन्दै प्रियंका ।

Read Next

प्रेमी डन 'चरी' मारिएसँगै बेपत्ता मोडल खुश्बु ओली ।