चितवनबाट सुरु भयो 'मेरो मान्छे' ।

[dropcap]नि[/dropcap]र्माता नारायण खतिवडाको निर्माणमा फिल्म ‘मेरो मान्छे’को शुभमुहुर्तसँगै छयांकन थालिएको छ । सोमबार चितवनको चित्रसारीमा रहेको चित्रसेन बाबा मन्दिरमा कलाकार दिपक अधिकारीले फिल्मको ‘क्ल्याप’ ठोकेर फिल्मको शुभमुहूर्त गरे । चित्रसेन बाबा मिडिया प्रा. ली. ब्यानरमा निर्माण हुने फिल्म लाई राज सरगमले निर्देशन गर्दैछन ।Mero manchhe_nepali movieमुहुर्तपछि बोल्दै निर्माता खतिवडाले यसअघिका आफ्ना फिल्मभन्दा ‘मेरो मान्छे’ उत्कृष्ट बन्ने दाबी गरे । ‘फिल्मको कथावस्तु राम्रो भएकाले सबैको मन जित्नेछ’- खतिवडाले भने ।
मुहुर्तसँगै सोमबारबाटै फिल्मको छयांकन थालिएको छ । करिब २५ दिनको सुटिङ सेड्युल रहेको फिल्मको ७५ प्रतिशत छयांकन चितवनमै हुनेछ । बाकी छायांकन पोखरा,नवलपरासी,हेटौडा,काठमाण्डु लगाएतका स्थानमा हुनेछ ।
फिल्ममा दिपक ढकाल ,अनिल अधिकारी सगुन शाही, स्मीता थपलिया, सुरबीर पण्डीत,गणेश उप्रेती, रमेश लोहोनी,रबिन कथायता,दिपक ढकाल ,राज यादब ,आजाद खान लगाएतका कलाकारको प्रमुख भूमिका रहनेछ । म्युजिकल लभस्टोरी फिल्ममा शाइमन राजबंशी र राम रिमाल को नृत्य निर्देशन ,शङकर महर्जन को द्धन्द रहनेछ भने संगीत अर्जुन पोखरेल को रहेको छ । फिल्मका निर्माता अतिवडाले यसअघि भेटी र लफडा नामक दुई फिल्म निर्माण गरिसकेका छन । यी दुवै फिल्मले राम्रो ब्यापार गर्न सकेको थिएन ।

Namaste Filmy

Read Previous

प्रेम परियारलाई बिर्साउने स्वर । 'लाटी'को गीत हेर्नुहोस ।

Read Next

'सरी ल' को बिशेष शो । मिडियासँग किन डराए सुवास ?