नायिका निता ढुङगानाको ब्वाइफ्रेन्ड पनि हिरो ।

[dropcap]ने[/dropcap]पाली चलचित्रमा जम्दै गरेकी नायिका निता ढुङगानाले आफ्नो रीयल ब्वाइफ्रेन्ड चिनाएकी छिन । फिल्मको पर्दामा धेरै हिरोहरुको गर्लफ्रेन्ड बनेर उनीहरुको अंगालोमा बाधिइसकेकी निताको रियल ब्वाइफ्रेन्ड अमेश भण्डारी हुन । अमेशसँगैको आफ्नो तस्वीरलाई फेसबुकमा शेयर गर्दै उनले आफुहरुको अफेयरको बारेमा खुलाएकी हुन ।neeta-dhungana-affair अमेश गायक सँगीतकार तथा नायक पनि हुन । उनी दिनेश डिसीको निर्देशनमा बनिरहेको फिल्म ‘फुलैफुलको मौसम तिमीलाई’ बाट कलिउडमा डेब्यु हुदैछन । यो फिल्म नायिका पनि निता स्वयम नै हुन । यसर्थ फिल्ममा रियल जोडीले रोमान्स गर्दैछन । आफ्नै मान्छेसँग फिल्ममा काम गर्दा अत्यत्न सहज हुने निताको भनाई छ ।
निता र अमेशको घनिष्टता तीन बर्षअघिदेखिको हो । बाल्य कालको साथी समेत रहेका यो जोडीको  सम्बन्धलाई परिवारले समेत स्वीकारीसकेका छन । परिवारकै सहमतिमा अर्को  बर्ष विवाह गर्ने योजना निताको छ ।neeta-with-her-beloved

Namaste Filmy

Read Previous

'सरी ल' को बिशेष शो । मिडियासँग किन डराए सुवास ?

Read Next

यी चर्चित नायिकाले सिंगापुरमा चोरी गरेपछि ।