यी चर्चित नायिकाले सिंगापुरमा चोरी गरेपछि ।

Swastika-Mukherjee [dropcap][/dropcap]र्चित बंगाली नायिका स्वस्तिका मुखर्जी सिंगापुरमा चोरी गरेपछि पक्राऊ परेकी छिन । उनी ब्वाइफ्रेन्ड सुमन मुखर्जीसँग एक ज्वैलरी लन्चिंग इभेन्टमा सहभागी हुन सिंगापुर पुगेकी थिइन ।
बताइएअनुसार स्टोरमा एक इयररिंग्स का सेट हराइरहेका थिए । जसको मुल्य लगभग २५५ डलर अर्थात १५ हजार ६५८ रुपैयाँ थियो । स्टोरका मालिकले नायिका मुखर्जीमाथी चोरीको आरोप लगाए । त्यहाँ विवाद हुने देखिएपछि दोकानका संस्थापकले इभेन्ट आयोजकलाई सिसिटिभी फुटेज देखाउन अनुरोध गरे । फुटेज हेरेपछि सबै छक्क परे । नायिका मुखर्जीले रिंग चोरी गरिरहेकी थिइन ।
३३ बर्षीय हट लेडी स्वस्तिकाले कयौ हिट बंगाली फिल्ममा अभिनय गरेकी छिन । उनी सुशांत सिहं राजपुतको फिल्म डिटेक्टिभ बख्शी मार्फत बलिउडमा डेब्यु गर्दैछिन ।

Namaste Filmy

Read Previous

नायिका निता ढुङगानाको ब्वाइफ्रेन्ड पनि हिरो ।

Read Next

पौष १८ मा 'जिन्दगी रक्स' । ट्रेलर सार्वजनिक ।