पौष १८ मा 'जिन्दगी रक्स' । ट्रेलर सार्वजनिक ।

richa-akesha_jindagi_rocks [dropcap]प्रा[/dropcap]विधिक काम भइरहेको फिल्म ‘जिन्दगी रक्स’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलरसँगै रिलिज मिति घोषणा समेत गरियो । जसअनुसार फिल्म पौष १८ गतेबाट अलनेपाल रिलिज हुनेछ ।
अधिकांश नयाँ कलाकारको बाहुल्यता रहेको जिन्दगी रक्स रोमान्टिक लभस्टोरी हो । फिल्मलाई म्युजिक भिडियोमा ख्याति कमाएका निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन । त्यस्तै फिल्मलाई बिरेन्द्रराज तुलाधारसँग मिलेर मोडल तथा भिजे सुजता श्रेष्ठले निर्माण गरेका हुन ।
फिल्ममा मोडल तथा भिजे अकेशा बिष्ट, सौरमराज तुलाधार, सोनम पाख्रिन, रिचा शर्मा, प्रकृति श्रेष्ठ, मकन राई, बिनोद मैनाली, बिकी पुलामी र राजेन्द्र खड्गीको समेत अभिनय रहेको छ । फिल्म काठ्मण्डौ, पोखरा तथा चितवनका विभिन्न रमणिय स्थानहरुमा खिचिएको हो ।
फिल्ममा सुगम पोखरेल, कमल खत्री, बाणी ब्याण्ड, पुष्पन प्रधान, सन्जीन श्रेष्ठको सँगीत रहेको छ । त्यस्तै फिल्ममा उमेश महर्जनको द्धन्द, हरि हुमागाईको छयांकन तथा बिनोद मैनालीको सह निर्देशन रहेको छ ।

Namaste Filmy

Read Previous

यी चर्चित नायिकाले सिंगापुरमा चोरी गरेपछि ।

Read Next

बलिउड अभिनेत्री रबिना टण्डन नेपालमा