आलोक नेम्वाङले आत्महत्या गरे । झुन्डिएको अवस्थामा भेटियो उनको शव

चलचित्र निर्देशक आलोक नेम्वाङको शव झुन्डिएको अवस्थामा फेला परेको छ।नेम्वाङको धापासीको ग्रान्डी भिल्ला स्थित आफ्नै निवासको भर्‍याङको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो।
Alok_Nimangसाँझ  ८ बजेतिर शव झुन्डिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी दिनेश आचार्यले बताए। प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जनाए।’सानो संसार’ र ‘कोहीमेरो’ निर्देशन गरेका थिए। उनी निर्देशित ‘अझै पनि’ प्रदर्शनको लागि तयार छ। सानो संसारले आलोकलाई फिल्मी निर्देशकको रुपमा निकै माथि पुर्‍याइदिएको थियो। त्यसपछिको कोहीमेरोले भने खासै व्यापार गर्न सकेको थिएन। पाँच वर्षपछि उनले अझै पनि निर्देशन गरेका थिए।दर्जनौं म्युजिक भिडियोको निर्देशन गरेका नेम्वाङको अझैं पनि चलचित्र फागुन १५ गते रिलिज हुने तयारीमा थियो ।

Namaste Filmy

Read Previous

'जिन्दगी रक्स'को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो सहित )

Read Next

म्युजिक भिडियो निर्देशनमा गायक प्रबिण भण्डारी ।