फ्राइडे रिलिज : ‘एउटा साथी’ र ‘सरी ल’

friday relij-namastefilmyफ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार दुई नेपाली कथानक चलचित्र ‘एउटा साथी’ र ‘सरी ल’ रिलिज भएको छ । शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘एउटा साथी ’र ‘सरी ल’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।(भिडियोसहित )
‘एउटा साथी’
euta sathiफ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार नेपाली कथानक चलचित्र ‘एउटा साथी’ रिलिज भएको छ ।रोमान्टिक प्रेमकथामा आधारित चलचित्र ‘एउटा साथी’लाई रंग पत्रकार लक्ष्मण सुवेदिले निर्देशन गरेका हुन ।चलचित्रमा सलोन बस्नेत,अनु शाह, रीस्ता बस्नेत, जोन तामाङ, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ । तेस्तै चलचित्रमा रामचन्द्र खनालको लगानी, टंक बुढाथोकीको संगीत, रामजी लामिछाने र गम्भीर विष्टको नृत्य, राजेन्द्र खड्गीको द्वन्द्व र सुमन तण्डुकार तथा गणेशकुमार श्रेष्ठको छायांकन छ । चलचित्रलाई शुसिल पंगेनीले लेखेका हुन् ।

‘सरी ल’
sorry laतेस्तै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र ‘सरी ल’ पनि प्रदर्शनमा आएको छ ।ऋषि लामिछाने निर्देशित फिल्म ‘सरी ल’ लाई सामाजिक सञ्जाल फेसबुकले स्थापित गर्ने प्रेम अनि त्यसको परिणामको विषयमा निर्माण गरिएको छ । चलचित्रलाई अन्जु केसीको प्रस्तुतीमा कृष्ण महर्जन दासले निर्माण गरेको हुन् ।चलचित्रमा सुबास थापा, राजन सेढाई, अनिता अचार्य, मार्टिन खान लगायतको कलाकारको मुख्य अभिनय छ ।चलचित्रमा शैलेश श्रेष्ठको संगीत,रोशन श्रेष्ठ,द्धन्द्ध निर्देशन ,अन्जु केसीको कथा रहेको छ ।

Namaste Filmy

Read Previous

म्युजिक भिडियो निर्देशनमा गायक प्रबिण भण्डारी ।

Read Next

किन मागे अमिताभले शाहरुखसँग माफी ?