'उलाला' गायक नेपालको लागी सदभावना दुतमा नियुक्त ।

केहि बर्ष पहिले उलाला उलाला गाएर बिश्वमै हंगामा मच्चाउने गायक बप्पी लाहिडि अब युनेस्को नेपालको एजुकेशन फर अल कार्यक्रमको सदभावना दूतमा नियुक्त भएका छन । नेपालको युनेस्को क्लब, केन्द्र तथा संघको राष्ट्रिय फेडेरेशनका मुख्य संरक्षक बिनोद खेतावतका अनुसार भारतका चर्चित गायक बप्पीलाई आफुले अत्यन्त सम्मान गर्ने बताए ।

2014_01_31_07_05_05_bappi1उनले नेपालमा पनि बप्पीलाई उच्च सम्मान प्राप्त हुने र बप्पीको बोलीको राम्रो आदर हुने बिश्वास ब्यक्त गरे । खेतवातले बप्पीले आफुहरुको प्रस्तावलाई सहजै स्वीकार गरेकोमा पनि खुशी ब्यक्त गरे । उता बप्पी पनि आफ्नो गीतहरु नेपालमा पनि रुचाइएकोमा दंग देखिए । उनले उलला उलाला लगायतका थुप्रै हिट नम्बरहरु गाइसकेका छन ।

Namaste Filmy

Read Previous

चलचित्र भिमदत्त’को हङकङ मा शो गर्न कलाकार तथा निर्माता नवल खड्का हङकङ प्रस्थान गर्दै

Read Next

धन्न बाचे सन्नी लियोन । दिपक तिजोरीले गला दबाए ।