यसरि बिदा भए निर्देशक आलोक नेम्वाङ । हेर्नुहोश अन्त्येष्टी फोटो फिचरमा

बिहिबार बेलुकी आफ्नै निवासमा आत्महत्या गरेका निर्देशक आलोक नेम्वाङको शवलाई किराँती परम्परा अनुसार अन्त्येष्टी गरिएको छ । शुक्रवार दिउसो
शवलाई प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो तेस लगतै उनको पार्थिव शरिरलाई आर्यघाटमा लगेर अन्त्येष्टी गरिएको हो ।
alok-namastefilmyकिराँती संस्कृती अनुसार मुन्धुम गरेर आलोकको अन्त्येष्टी गरियो ।मुर्तक सरिरलाई उनका काका देवकुमार नेम्वाङले दागबत्ती दिएका थिए । अन्तिम संस्कारको क्रममा उनलाई आर्यघाटमा लगिँदा सिनेकर्मी तथा उनका सुभचिन्तकहरुको भीड लागेको थियो, भने धेरैका आँखा रसाएका थिए । आर्यघाटमा उनकी आमा, दिदी, भिनाजु विजय लामा सहित निकटस्थ व्याक्तित्व तथा आफन्तजनहरु उपस्थित थिए ।
10752150_593923384051266_1930721546_nआलोक नेम्वाङको अन्तिम श्रद्धाञ्जलीको लागी आएका सभामुख सुवास नेम्वाङ आलोकको पार्थिव शरिरमा अन्तिम संस्कारको लागी आर्यघाट पनि पुगेका थिए । तेस्तै चलचित्र क्षेत्रका कलाकर्मीहरु पनि आलोकको अन्त्येष्टीको लागि आर्यघाटमा पुगेका थिए ।
10748701_593923630717908_1504752990_nझुन्डिएको अवस्थामा मृत फेला परेका निर्देशक आलोक नेम्वाङको साथबाट प्रहरीले सुसाइड नोट फेला पारेको छ। सानो चिटमा उनले परिवारिक र आफन्तलाई खुशी दिन नसकेको चरम निरासा पोखेका छन् । उनले सुसाइड नोटमा आफ्नो जीवनका समस्या बारे कसैलाई पनि दोष दिएका छैनन् । ‘हरेक दिन मरी–मरी बाँच्नु भन्दा एक दिन बाँचेर मर्न चाहन्छुु’ , नेम्वाङले कसैलाई सम्बोधन नगरी लेखेका थिए ।
alok-namastefilmy3घटनास्थलको प्रकृति र पोष्टमार्टमको रिपोर्ट हेरिसकेपछि अनुसन्धानमा संलग्न प्रहरी टोली नेम्वाङले आत्महत्या गरेको भन्नेमा विश्वस्त भएको छ। अहिलेसम्मको प्रकृति हेर्दा आत्महत्या बाहेक अरु केही शंका गर्नु पर्ने नदेखिएको प्रहरीको निष्कर्ष छ।
alok-namastefilmy1
alok-namastefilmy5
alok-namastefilmy4

Namaste Filmy

Read Previous

निर्देशक आलोक नेम्वाङको शवलाई अन्तिम संकारको लागि आर्यघाट लगिदै

Read Next

मुम्बईकै सबैभन्दा स्टाइलिस घरमा रणवीर र कैटरिना ।