बिहेमा आउन शाहरुखलाई सलमानको निम्तो ।

shaharukh_and_salmanबलिउडमा एक अर्काको प्रतिस्पर्धी मानिने दुई खानहरु सलमान र शाहरुखको दुश्मनी बिस्तारै मित्रतामा परिणत हुदै गइरहेको छ । यो कुरा हालै सलमानले आफ्नो बहिनीको विवाहमा शाहरुखलाई दिएको निम्तोले पनि प्रस्ट पारेको छ ।
बताइएअनुसार सलमानले बहिनी अर्पिताको बिवाहको रिसेप्सन पार्टीमा आउन शाहरुखलाई निम्तो पठाइसकेको छ ।
शाहरुखको अलवा पार्टीका लागी अमिताभ बच्चन, आमिर खान, रितिक रोशन, दिपीका पादुकोण, करिना कपुर लगायत कयौ बलिउड स्टारलाई सलमानले निम्ता पठाइसकेका छन । त्यसबाहेक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भि आइ पी गेस्टको रुपमा निम्तो दिइएको छ ।
स्मरण अर्पिताको विवाह यहि नोभेम्बर १६ मा हैदराबादको फलकनुमा पैलेसमा हुदैछ । अयुष्मा शर्मासँग धुमधामले गरिने विवाहको रिसेप्सन पार्टी भने नोभेम्बर २१ मा दिइदैछ ।

Namaste Filmy

Read Previous

आलोकको यादमा 'अझैपनि' गीत : कसले टाढा बनायो ?

Read Next

अक्षयकुमारको फिल्मलाई पहिलो दिन ५ करोड ।