धन्न बाचे सन्नी लियोन । दिपक तिजोरीले गला दबाए ।

फाल्गुन १० ।
बलिउडमा खलनायकको छाप बनाएका अभिनेता दिपक तिजोरीले हलिउड पोर्न स्टार सन्नी लियोनको गला दबाएका छन । जसबाट सन्नी लियोन सामन्य घाइतेसमेत भएकि थिइन । दिपकले सन्नीको गला कुनै रिस पोख्न वा मार्ने उद्देश्यले दबाएका भने होइनन । हाल धमाधम सुटिङ चलिरहेको फिल्म टिना एण्ड लोलो को एक द्धन्दको सीन खिच्ने क्रममा यो दुर्घटना हुन पुगेको हो ।deepak_tijori_sunny_leone-650_110913012112_022114094235मलेसियामा सुटिङ भइरहेको उक्त फिल्म टिना एण्ड लोलोमा दिपक खलनायकको रुपमा देखिएका छन । सुटिङको क्रममा दिपकले सन्नीको गला समातेर केहि परसम्म घिसार्दै लानुपर्ने दृश्य थियो । तर दिपकले बिस्तारै गला समाउदै लानुपर्ने ठाउमा अलि बढि नै गला दबाएका थिए । जसबाट सन्नीलाई अप्ठेरो परेको देखेपछि द्धन्द निर्देशकले रोकेका थिए । लामो समय पछि बलिउड फिल्ममा देखिन लागेका दिपकले आफु अभिनयको रसमा डुबेको कारण होस नै नभएको र आफुबाट गल्ती हुन पुगेको भन्दै सन्नीसंग माफी समेत मागेका थिए । देवांग ढोलकियाले निर्माण गरिरहेको फिल्म टिना एण्ड लोलो मा खलनायकको रुपमा दिपकसंगै सुपरसेक्सी सन्नी, र हट गर्ल करिस्मा तन्नाको पनि अभिनय रहनेछ ।

Namaste Filmy

Read Previous

'उलाला' गायक नेपालको लागी सदभावना दुतमा नियुक्त ।

Read Next

पुरोषोत्तम प्रधानले मलेसियामा 'ब्ल्याक एण्ड ह्वाइट' खिच्दै ।' हिम्मतवाली'को सुटिंग सर्न सक्ने !