'श्री ५ अम्बरे" विशुद्ध सामाजिक कथावस्तुमा आधारित मनोरन्जनात्मक चलचित्र हो ÷निर्देशक वस्नेत

depa basnetआफ्नो पहिलो चलचित्र “अन्तराल”बाट सबैको मन जित्न सफल निर्देशक दीपा वस्नेतको निर्देशन रहेको दोश्रो चलचित्र “श्री ५ अम्बरे’ प्रदर्शनको तयारीमा रहेको छ । पहिलो चलचित्र बाट नै आफ्नो निर्देशकिया क्षेमताबाट सबैलाई प्रवाहित पर्नु को साथै विभिन्न अवार्ड पाउन सफल यी नै निर्देशक नया चलचित्र “श्री ५ अम्बरे”मंसीर ५ बाट देश भरका सिनेमा घरमा प्रदर्शन हुदैछ ।चलचित्र अन्तराल बाट सर्वोत्कृष्ट चलचित्र निर्देशक राष्ट्रिय चलचित्र पुरस्कार २०७० वाट समेत सम्मानित हुनु भएको थियो ।केहि दिन अघि आफ्नो चलचित्रको बारेमा देशका मुख्य मुख्य सहरमा पत्रकार भेटघाट गर्दै हिनेकी निर्देशक दीपा वस्नेतले आफुले एउटा राम्रो चलचित्र निर्माण गरेको भन्दै सम्पूर्ण दर्शक समक्ष्य चलचित्रको जानकारी दिन यसरि देश दौडाहा गरेको बताउनु भएको थियो ।प्रर्दशनको तयारी भइरहेको यस चलचित्रको बारेमा केन्द्रित भइ निर्देशक दीपा वस्नेत सग श्रीराम अर्जुनले गर्नु भएको कुराकानीको अंश प्रस्तुत गरिएको छ ःshree 5 ambare
१ आजभोलि केमा व्यस्त हुनुहुन्छ दीपा जी ?
–अहिले चाहि“ सबै कुरा पन्छाएर मंसीर ५ मा श्री ५ अम्बरे सार्वजनिक हु“दैछ, त्यसैको प्रचारप्रसारको लागि देशका विभिन्न मुख्य शहरहरमा प्रमोशनको लागि जुटिरहेका छो“ैं । जसकारण अहिले यसैमा व्यस्त छु ।
२.कस्तो खालको चलचित्र हो श्री ५ अम्बरे ?
– यो खास सामाजिक कमेडी फिल्म हो । एउटा अम्बर भन्ने पात्रलाई राजा बन्ने रहर हुन्छ त्यहि कथावस्तुलाई फिल्ममा राखिएको छ ।
३.नेपालमा धेरै फिल्म निर्माण भइरहेको छ र तपाई महिला निर्देशक हुनुहुन्छ तपाईको यो दोस्रो फिल्म हो, तपाईंले यस फिल्मबाट कस्तो अपेक्षा राख्नु भएको छ त ?
– नेपालमा अहिले धेरै फिल्महरु लगानी नउठाएर डुबिरहेका छन् । र थोरै फिल्मले लगानी उठाउने गरेको पाइन्छ । ति थोरै फिल्मभित्र पर्दछ श्री ५ अम्बरे र यस फिल्मले लगानी पक्का उठाउछ र सफल फिल्म बन्छ भन्ने विश्वास छ ,र हाम्रो टिम बलियो भएकाले पुर्ण विस्वस्त छु ।
४. अन्य चलचित्र भन्दा के फरक छ श्री ५ अम्बरेमा ?
खास हाम्रो कथावस्तु हो, यो विषयवस्तु अहिले सम्म आएको छैन्, । र अर्काे कुरा हाम्रो प्राविधिक पक्ष हो । नँया स्टाइलमा एउटा गीत तयार पारेका छौं त्यो गीत अहिले सबैले मन पराइरहेको अवस्था छ ।
५.श्री ५ अम्बरेबाट दर्शकले के सन्देश पाउछन् ?
– विशुद्ध सामाजिक कथावस्तुमा आधारित मनोरन्जनात्मक फिल्म हो । हाम्रो समाजमा हरेक ठाउ“मा, हरेक गल्लीमा कतै न कतै कोही न कोहीमा ति ठाउ“मा आफू राजा हु“ भन्ने आभाष हुन्छ । त्यस्तै एउटा कुनै वर्ग भित्र राजा बन्ने सपना बोकेको एउटा पात्रको कथा छ श्री ५ अम्बरेमा । दर्शकले भरपुर मनोरन्जन लिन सक्छन् ।
६.फिल्मको नाम श्री ५ अम्बरे नै नाम राख्नुको कारण ?
–श्रीरामजी वास्तवमा के छ भन्नुहुन्छ भने श्री ५ अम्बरे झट्ट सुन्दा दर्शकले कतै यो
राजावादी फिल्म त हैन भन्ने भ्रम हुनसक्छ तर, यो राजावादी फिल्म होइन यो कसरी रहन गयो भने राजतन्त्रको अन्त्यसं“गै गणतन्त्रको स्थापना संगसंगै श्रीपेच लगाउने राजा दरबारबाट त गइसके, तर पनि कोही टोलका राजा, कोही समाजका राजा, कोही घरका राजा हुन्छन् र आफूलाई राजा ठान्छन्, हो त्यस्तै एउटामाथिको कथा भएकोल बन्न पुगेको हो । एउटा समाजको अम्बर भन्ने पात्र हुन्छ उसलाई राजा बन्ने भुत चढ्छ र श्री ५ भन्ने शब्द ल्याई अम्बरेलाई राजा बनाइन्छ र त्यसैले नै यो श्री ५ अम्बरे भएको हो ।
७.अन्तमा नेपाली दर्शकलाई के भन्नुहुन्छ ?
–यस नमस्ते फिल्मी अनलाइन मिडियाको माध्यमबाट म के भन्दछु भने दर्शकलाई हाम्रोभन्दा राम्रो फिल्मलाई माया गरिदिनुस् । यो श्री ५ अम्बरे फिल्म मंसिर ५ गतेबाट लाग्दैछ एकचोटी हेरिदिनुस् र राम्रो नराम्रो जेजस्तो भए पनि प्रतिक्रिया दिनुहोला र नेपाली चलचित्रहरुलाई माया गर्नुहोला भन्दछु ।
श्रीराम अर्जुन
हेटौडा
९८४५२९२७४७÷ ९८४५४६४६४१

Namaste Filmy

Read Previous

बलिउड अभिनेत्री सुस्मिता सेन नेपाल आउँदै ।

Read Next

प्रियंका अब गायिका पनि ।