प्रियंका अब गायिका पनि ।

priyanka_karki_fashion show [dropcap][/dropcap]छिल्लो समयको ब्यस्त नायिका प्रियंका कार्की आफ्नो परिचय नायिकामा मात्र सिमित राख्न चाहदैनन । यसकारण उनी हरेक बिधामा आफुलाई सक्रिय बनाइरहेकी छिन ।
यसअघि चलचित्र आवारणको एक गीतमा स्वर दिएकी यी नायिकाको परिचय गायिकाको रुपमा फराकिलो हुने भएको छ । उनी छिट्टै एल्बम निकाल्ने तयारीमा छिन । सानैदेखि गायनमा रुचि राख्ने प्रियंका सोलो एल्बमको तयारीमा लागेकी हुन । बताइएअनुसार एल्बममा ८ वटा गीत रहनेछ । एल्बमको नाम के राख्ने भन्नेबारे भने उनी द्धविधामा छिन ।
केहि दिनमै शैलेश श्रेष्ठको शब्द र शैलेन्द्र सिहंको सँगीतमा उनले एल्बमको पहिलो गीत रेकर्ड गराउनेछिन । उनले आफुसँग भएको प्रतिभा देखाउन एल्बम निकाल्न लागको बताइन ।
प्रियंका नायिका र गायिका मात्र होइनन । उनले मेरो बेस्ट फ्रेन्ड, पुन्टे परेड तथा मिसन पैसा रिलोडेड मा कोरियोग्राफी पनि गरेकी छिन । यसअनुसार उनलाई कोरियोग्राफरको रुपमा पनि लिन सकिन्छ ।

Namaste Filmy

Read Previous

'श्री ५ अम्बरे" विशुद्ध सामाजिक कथावस्तुमा आधारित मनोरन्जनात्मक चलचित्र हो ÷निर्देशक वस्नेत

Read Next

‘नो स्मोकिङ’ को छायांकन सकियो