‘नो स्मोकिङ’ को छायांकन सकियो

विभिन्न कारणले छायांकन रोकिएको चलचित्र ‘नो स्मोकिङ’ को सुटिंग सकिएको छ । सुमन दाहालको निर्देशक रहेको चलचित्र ‘नो स्मोकिङ’ लाई खैरावङ फिल्म प्रोडक्सनको ब्यानरमा सामाजिक कथामा निर्मित यो चलचित्र मुरारी पोखरेलले निर्माण गरेका हुन् ।
no smokingकाठमाण्डौ, सिन्धुपाल्चोक, दोलखालगायतका स्थानमा पनि छायांकन गरिएको यो चलचित्रमा सामाजिक कथा समेटिएको चलचित्रका निर्देशक सुमन दाहाल नमस्ते फिल्मी लाई जानकारी दिनु भयो । चलचित्रमा झरना थापा, संजय खतिवडा, महिमा सिलवाल, रमेश बुढाथोकी, दिनेश देवकोटा, अमृता पाण्डे सुसान्त क्षेष्ठ,प्रकाश कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।
no smoking-namastefilmyमुरारी पोखरेलको कथा रहेको चलचित्र ‘नो स्मोकिङ’ लेखन: अनमोल शर्मा, सरोज प्याकुरेल र शंकर अधिकारी ‘घायल’को रहेको छ ।तेस्तै चलचित्रमा टंक बुढाथोकीको संगीत ,दिव्य सुवेदीको छायाँकन हिमाल केसीको द्धन्द तथा राजु साह र विकास घलेको नृत्य रहेको छ ।

Namaste Filmy

Read Previous

प्रियंका अब गायिका पनि ।

Read Next

सलमानसँग काम गर्नु भाग्यको कुरा- दिपिका पादुकोण ।