पुरोषोत्तम प्रधानले मलेसियामा 'ब्ल्याक एण्ड ह्वाइट' खिच्दै ।' हिम्मतवाली'को सुटिंग सर्न सक्ने !

फाल्गुन १० ।
कुसुमे रुमालको सिक्वेल फिल्म निर्देशन गरेपछि सेलाएका निरक पौडेल अब भने जुर्मुराएका छन । निरकको निर्देशनमा बनिरहेको फिल्म ब्ल्याक एण्ड ह्वाइटको मलेसियामा धमाधम सुटिङ भैरहेको छ । फिल्मको ५० प्रतिशत सुटिङ मलेसिया र बाकि नेपालमै गरिने निर्माण युनिटले जनाएको छ ।सावित्री खत्रिको निर्माण रहने फिल्मको बजेट २ करोड रहने बताइएको छ ।jiwan finalएक्सनप्रधान फिल्ममा जीवन लुइटेल,नम्रता सापकोटा, बर्षा राउत लगायतका अन्य कलाकारहरुको पनि मुख्य भुमिका रहनेछ । चलचित्रको यशोसियट निर्देशन शिवम अधिकारीले गरिरहेका छन भने स्कृप्ट पनि उनै अधिकारीले लेखेका हुन । अहिलेका ब्यस्त छयांकार पुरुषोत्तम प्रधानले खिचिरहेको फिल्ममा हिमाल केसीको द्धन्द, डि जे राजु र बिकास चौधरीको संगीत रहेको छ । फिल्मको मलेसिया  छायांकन सकाएर छिट्टै नेपाल फर्किने स्कृप्टराइटर शिवम अधिकारीले नमस्तेफिल्मीलाई बताउनुभयो ।

यता क्यामेरामेन पुरोषोत्तम प्रधान मलेसियामा ब्यस्त भएपछि रेखा फिल्मसको नयां फिल्म हिम्मतवालीको  छायांकनमा ढिलाई हुन सक्ने भएको छ  ।himmatwaliपुरोषोत्तम प्रधान ब्ल्याक एण्ड ह्वाइट छायांकनमा ब्यस्त बनेर समय दिन नसकेमा फिल्मका निर्देशक श्याम भट्टराई स्वयमले फिल्म खिच्ने बताएका छन । यसबारेमा श्यामले भने ः पुरुषोत्तम कहिले आउने थाहा छैन, नभए म आफै खिच्छु । चलचित्र हिम्मतवाली रेखा थापाको निर्माणमा श्याम भट्टराईले निर्देशन गर्न लागिएको फिल्म हो ।

Namaste Filmy

Read Previous

धन्न बाचे सन्नी लियोन । दिपक तिजोरीले गला दबाए ।

Read Next

हास्य कलाकारले दिए देश बनाउने संदेश