अष्ट्रेलियामा देखाइयो 'सेतो बाघ' । हेर्ने दर्शकको भीड ।

 [dropcap][/dropcap]तिहासिक कथामा बनेको चलचत्रि ‘सेतो बाघ’को अष्ट्रेलियामा प्रिमियर गरिएको छ । अष्ट्रेलियाको क्यापिटल थिएटर मेलवर्नमा शनिबार साँझ फिल्मको भव्य प्रिमियर गरिएको हो ।Seto_baghप्रिमियर शोमा फिल्म हेर्न उल्लेख्य दर्शकको उपस्थिति थियो । दर्शकहरुका अनुसार अहिलेसम्म उक्त हलमा यस्तो भीड कहिल्यै भएको थिएन । अपेक्षा गरिएभन्दा अधिक दर्शकहरुको उपस्थितिले शो आयोजक र फिल्म युनिट समेत दंग परे ।
प्रिमियर शोमा सहभागी हुन अष्ट्रेलिया पुगेका फिल्मका निर्देशक नीर शाह अत्यन्त खुशी देखिए । उनले भने- ‘मेलवर्नमा प्रिमियर गर्दा मैले नेपालमा जस्तो दर्शकको साथ पाँउछु पाँउदिन भन्ने लागीरहेको थियो तर क्यापिटल थिएटरमा तपाईहरुको यस किसिमको उपस्थिती र प्रतिक्रियाले म लगायत मेरो टीम निकै उत्साहित भएका छौं । म यहाँबाटै बाचा गर्छु तपाईको यो माया र प्रेम सदैव भुल्नेछैन र आगामी दिनमा पनि मेरो प्रयास दर्शको उच्च आत्मसन्तुष्टी नै हुनेछ ।’
त्यस्तै निर्देशक ज्ञानेन्द्र देउजाले पनि मेलवर्नका दर्शकहरुको साथ पाउदा आफुहरु हर्षविभोर भएको बताए । उनले चलचित्रलाई स्वदेशमा मात्र हैन विदेशमा पनि फैलाउन सक्ने तथ्यलाई यसले प्रमाणित गरेको बताए । त्यस्तै चलचित्र ब्यवसायलाई अन्तराष्ट्रियकरण गर्न पनि उत्साह बढेको उनको भनाई छ ।
चलचित्र हेरेका दर्शकहरुले ऐतिहासिक कथालाई जस्ताको तस्तै पर्दामा हेर्न पाउदा निकै खुशी लागेको बताए । चलचित्रको प्रस्तुति, कथा र अभिनयले आफुहरुको मन छोएको र जंगबहादुर राणाको बारेमा धेरै कुरा जान्ने मौका मिले उनीहरुले बताए ।

फिल्मको अष्ट्रेलियाकै सिड्नी, ब्रिसबेन, पर्थ र डार्बिनमा लगायतका शहरहरुमा पनि प्रिमियर गरिने भएको छ ।

Namaste Filmy

Read Previous

सलमानसँग काम गर्नु भाग्यको कुरा- दिपिका पादुकोण ।

Read Next

चैत्र १३ मा 'भुलभूलैया'। फस्टलुक पोस्टर रिलिज ।