६० बर्षदेखि नभएको काम हुदैछ बलिउडमा ।

makeup_bollywoodबलिउडमा करिब ६ दशक अर्थात ६० बर्षयता कहिल्यै नभएको एक महत्वपुर्ण निर्णय हालै भएको छ । अर्थात करिब ६ दशक यता महिला मेकअप आर्टिस्ट माथी लगाइएको बन्देज फुकुवा भएको छ । सुप्रिम कोर्टले हालै गरेको एैतिहासिक फैसलाअनुसार अब बलिउडमा महिला मेकअप आर्टिस्ट पनि खुलेर काम गर्न पाउनेछन ।
स्मरण रहोस लामो समयदेखि नै ट्रेड युनियनले बलिउडमा महिला मेकअप आर्टिस्टले काम गर्न नपाउने नियम लगाइएको थियो । उक्त नियमलाई रद्द गर्दै सुप्रिम कोर्टले महिला मेकअप आर्टिस्टलाई फिल्ममा काम गर्ने अनुमति दिएको हो । कोर्टले ट्रेड युनियनको नियमबिरुद्ध सन २०१३ मा महिला मेकअप आर्टिस्टहरुले हालेको मुद्दाको अन्तिम फैसला गरेको हो ।
कोर्टको फैसलापछि महिला मेकअप आर्टिस्टहरुले खुशी मनाएका छन । यसअघि ट्रेड युनियनले महिलाहरुले फिल्ममा मेकअप गर्न नपाउने नियम बनाएका थिए तर महिलाहरु हेयर ड्रेसर भने बन्न पाउथे ।

Namaste Filmy

Read Previous

यी हुन 'आत्महत्या' रोज्ने सेलिब्रेटीहरु ।

Read Next

अनमोलको 'जेरी' सबैले हेर्न पाउने ।