अनमोलको 'जेरी' सबैले हेर्न पाउने ।

anmol-n-anna-nepali film jerryआउदो शुक्रबार रिलिजको तयारीमा रहेको फिल्म ‘जेरी’लाई सेन्सर बोर्डले युनिभर्सल सर्र्टिफिकेट दिएको छ । सोमबार बिहान फिल्म हेरेपछि बोर्डले सबैले हेर्न पाउने गरी यु सर्टिफिकेट दिएको हो ।
फिल्म हेरेपछि बोर्ड पदाधिकारीले राम्रो प्रतिक्रिया दिएको फिल्मका निर्माता मनोज शेरचनको भनाई छ ।
फिल्म जेरीलाई हेमराज बिसीले निर्देशन गरेका हुन । फाल्कोन पिक्चर्सले निर्माण गरेको फिल्ममा अनमोल केसी, अन्ना शर्मा, अमेलिया शर्मा, अभिषेकमान शेरचन, यश राणा लगायतको अभिनय रहेको छ । फिल्ममा नरेन लिम्बुको सँगीत, शैलेन्द्र डि कार्कीको छयांकन तथा सम्राट गौचन र हेमराज बिसीको लेखन रहेको छ । फिल्मलाई मनोज शेरचन र सम्राट गौचनले निर्माण गरेका हुन । टिनएज लभस्टोरी फिल्मलाई दर्शकले मन पराउनेमा फिल्म युनिट ढुक्क छन ।

Namaste Filmy

Read Previous

६० बर्षदेखि नभएको काम हुदैछ बलिउडमा ।

Read Next

आर्यनले जिन्दगिको दुइ पलमा एक पल कसलाई दिदैछन् हेर्नु होश (भिडियो सहित )