सुन्दर छ जीवन । 'लभ यु बाबा'को गीत प्रोमो हेर्नुहोस ।

[dropcap]मं[/dropcap]सिर २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लभ यु बाबा’ को गीत प्रोमो सार्वजनिक गरिएको छ । ‘सुन्दर छ जीवन’ टाइटलको गीत प्रोमो मा फिल्मको केन्द्रिय पात्रहरु गजित बिष्ट, निश्मा घिमिरे र संगम बिष्ट फिचरिङ छन । Love you baba_nepali movieफिल्म ‘लभ यु बाबा’लाई सौगत बिष्टले निर्देशन गरेका हुन । आठ बर्षकै उमेरमा फिल्म निर्देशन गरेका सौगात बिश्वकै सबैभन्दा कान्छा निर्देशक हुन । त्यस्तै फिल्मलाई सम्झना पोखरेल र रोशनी बज्रचार्यले निर्माण गरेका हुन ।
फिल्ममा गजित, निश्मा र संगम सहित अशिष्मा नकर्मी, निर्मल शर्मा, बसन्त भट्ट लगायतको अभिनय रहेको छ । फिल्ममा गम्भीर बिष्टको नृत्य, प्रितम पाण्डेको सम्पादन तथा दिव्यराज सुवेदीको छयांकन रहेको छ ।

Namaste Filmy

Read Previous

बलात्कार सहेरै बलिउडमा स्थापित यी अभिनेत्री ।

Read Next

हेर्नुहोस् नेपाली हिरोइनहरुको 'ब्वाईफ्रेण्ड' ।